Erani Mahal
पाल्पामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७२ पुग्याे
korona niko
पाल्पा – पाल्पामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७२ पुगेको छ । शुक्रबार मात्रै बगनासकाली गाउँपालिकाको १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ७२ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । २३ वर्षदेखि ५५ वर्षका पुरुष र महिलालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । उनीहरु गत जेठ दोस्रो साता भारतबाट नेपालमा आएका थिए । संक्रमित सबै स्थानीय क्वारेन्टाइनमा बसेको छन् । संक्रमितलाई तानसेन मिसनमा रहेको इसोलेसनमा ल्याउने तयारी भईरहेको छ ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update