Erani Mahal
रामपुरका पाण्डे दाजुभाइले निर्माण गरे बाँदर भगाउने उपकरण
104432058_273960587049931_464534094193249193_n
पाल्पा- रामपुर नगरपालिका ५ का पाण्डे दाजुभाइले निर्माण गरेको बादर धपाउने उपकरणको रामपुर नगरपालिका परिषरमा सफल परिक्षण गरिएको छ । युवा उद्यमी जायश्वर पाण्डे र तिर्थराज पाण्डेले लकडाउन पछिको कोरोनाको सन्त्रासमा घरमै बसेका बेला सोच ल्याएसंगै घरमा रहेका पाइपहरु जोडेर उपकरण बनाएका हुन् । किसानले लगाएका मकै बालीलाई बाँदरले सखाप पार्न थालेपछि युटुबमा हेरेर उनिहरुले आफ्नै पसलमा रहेका पाइपबाट उपकरण बनाएको उद्यमी जायश्वर पाण्डेले बताउनुभयो । कार्बाइड पाइपमा राखेर पानी हालेर घोलेपछी पछाडीबाट ग्यासलाइटर पारेसंगै ठूलो आवाजमा पड्किने आवाजले बन्दुकको आवाज जस्तो लाग्ने हुदा बादर भाग्ने उहाँको भनाई छ । पाण्डे द्वयले निर्माण गरेको सो उपकरण नगरपालिका, प्रहरी, प्रशासनको समन्वयमा नगरपालिका कार्यालय परिषर चौरमा उत्पादक र नगरप्रमुख रमण बहादुर थापाले उपकरण जडान गरेर परिक्षण गर्नुभएको हो । परिक्षण गर्दै नगरप्रमुख थापाले बर्षौदेखि नगरको प्रायः माथिल्लो भाग र केही नदी किनारका भागमा बादरले सताएकोमा सहज र सरल उपकरण आफ्नै ठाउमा बन्दा खुशी लागेको बताउनुभयो । उहाले आगामी आर्थिक बर्षमा नगरले बादर नियन्त्रणका लागि यन्त्र वा तारबारको योजनालाई निति तथा कार्यक्रममा राखेको समेत उल्लेख गर्नुभयो । उहाले परिक्षणमा सफल भएको यो उपकरण व्यबस्थित उत्पादन र सन्चालनको लागि नगरपालिकाले समन्वय गर्ने बताउनुभयो । रामपुर नगरपालिका संगै पाल्पाका अधिकाश भागमा बादरले सताउने गरेकाले पाल्पाली किनार बादर आतंकबाट निरास बनेका छन् । रामपुर ८ का किसान अहिले बारीमा छाप्रो बनाएर साझ बिहान बादर लखेट्न व्यस्त छन् । कोरोनाले स्कुल बन्दका बेला यहाँका बालबालिका त्यही छाप्रोमा गएर पढ्दै र बादर धपाउदै बस्न बाध्य भएका छन् । रामपुर ८ का अध्यक्ष बोम बहादुर नामजालीले वडाको माथिल्लो भाग र तल्लो भाग दुबै तिर बादरले सताउदा किसान दिक्क भएको बताउनुभयो । रामपुर ७ का किसान केहीबर्ष अघि बादरले बालीनाली खाएर आजित भएपछी बादर धपाइदिन भन्दै प्रहरी प्रशासनमा गुहार्न पुगेका थिए । पछिल्ला बर्ष जङ्गलका बादर गाउँ पस्न थालेपछी बारीका अन्न तरकारी मात्र होइन झ्यालबाट पसेर घर भित्रकै अन्न खाइदिने गरेको छ । यस वडाका किसान बादरले पारेको समस्याको बिकल्प नपाएपछी बेसार खेती शुरु गरेका छन् । बेसार खेती बादरले नखाने हुदा बेसार खेती शुरु गरेको वडा सदस्य मिठ्ठु सुनारले जानकारी दिनुभयो । बाँदरले आतङ्क मच्चाएपछि कतिपय खेतीयोग्य उर्बर जमिन बाँझै भएको रामपुर १० का अध्यक्ष लिल बहादुर गाहाले बताउनुभयो । किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने गरि आवश्यक प्रशिक्षण दिएर बादर आतंक रोक्न यो उपकरण प्रभाबकारी हुने अर्का उत्पादक तिर्थराज पाण्डेको भनाई छ । बाँदर धपाउन किसान खेतबारीमै कुरेर बस्नपर्ने बाध्यता भएका कारण खेतबारीमा खेती गर्ने चलन हराउँदै गएको छ पाण्डेले भन्नुभयो- अहिले धेरै जसो युवा घरगाउमै हुँदा यसको प्रयोगले समस्या समाधान हुने विश्वास छ । कस्ताे हुन्छ बाँदर धपाउने मेसिन ४ इन्चको पाइप साढे २ फिट लामो र २.५ इन्च पाइप ३ फिट लामो गरि २ खण्डको पिभिसी पाईप जोडेर उपकरण तयार भएको छ। पाईपलाई रेडिसरले जोडेर ठूलो भागको पाइपमा झण्डै १० ग्राम क्याल्सियम कार्बाइड र झण्डै १ बिर्को पानी हालेर दुबै तर्फको भाग टालेर हल्लाइन्छ केही तातो भए संगै मसिनो पाइपमा जोडेर पछाडिबाट जडित लाइटर पारेसंगै ठूलो आवाज निस्कन्छ । प्लबिङ्ग व्यबसाय सहित बिभिन्न व्यबसाय गरेका युवा व्यबसायी जायश्वर पाण्डेले उपकरण सहजै प्रयोग गर्न सकिने र पड्काउँदा आकाश मै आगो झिल्को निभ्ने हुनाले खतरा नरहेको बताउनुभयो । उपकरण रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य सहित इलाका प्रहरी कार्यालय रामपुरका प्रतिनिधि, पत्रकार र स्थानिय सेवाग्राहीको उपस्थितिमा फड्काएर परीक्षण गर्नुभएको हो । प्रशासनबाट अनुमति पश्चात १ सय उपकरण तत्कालै तयार गर्ने सोच रहेको जायश्वरले बताउनुभयो । बाँदर धपाउनका लागि किसानले खेतबारीमै कुरेर बस्नपर्ने अवस्था भएका कारणले पनि पछिल्लो समय खेतबारीमा बालीनाली लगाउने कार्य हराउँदै गएका बेला यसको प्रयोगले समस्या समाधान हुने विश्वास नगरपालिकाको छ । खासगरि खेतबारीकै मकै च्यात्ने फाल्ने, धान, गहुँ बालीपनि लछारपछार पार्ने, माड्ने, उखेल्ने, नगरका डाडाभेगमा फल्ने सुन्तला, टमाटर, मौसमी तथा बेमौसमी तरकारी बाँदरले खाने र केही टिपेर फाल्ने हुँदा यहाँका किसान चिन्तित भएका बेला स्थानिय युवाले नै बादर धपाउने उपकरण बनाएका हुन्।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update