Erani Mahal
पाल्पाका ५ जना कोरोनाबाट निको भएर घर फर्किए
korona niko
पाल्पा, जिल्लाका विभिन्न स्थानबाट कोरोना संक्रमितहरुको वृद्धिभएपनि निकोहुनेहरु समेत बढेका छन् । जिल्लाको तानसेनमा रहेको लुम्बिनी मेडिकलकलेजको कोभिड सेन्टरमा रहेका २ जना र तानसेन मिसन अस्पतालले तयार गरेको वृद्धाश्रमको आइसोलेशनमा रहेका ३ जना गरी ५ जना निको भएर घर फिर्ता भएका हुन् । उनीहरुको सबैको दोस्रो पटकको पिसिआर फलोअपका क्रममा नेगेटिभ रिपोर्ट आएको र उनीहरुमा कुनै पनि कोभिड १९ को लक्षण नदेखिएको र अवस्था सामान्य रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विश्व न्यौपानेले रानीमहललाई बताउनुभयो । उहाँहरु सबैलाई घरमा गएर एक हप्ता होम क्वारेन्टाइनमा बस्न र कुनै समस्या भएमा अस्पताल आउन सुझाव सहित पठाइएको न्यौपानेले रानीमहलालाई बताउनुभयो । उहाँका अनुसार पाल्पामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५६ पुगेको छ भने ५१ जनाको आइसोलेशनमा उपचार भइरहेका छ भने एकजनाको निधन भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update