Erani Mahal
पाल्पाका स्थानीय तहहरूलाई आर्सेनिक एल्ब वितरण
dd
पाल्पा – रुपन्देहीको बुटवलस्थित कालिका कल्याण्कारी समाजले कोभिड १९ (कोरना भाइसर) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधी पाल्पाका विभिन्न स्थानीय तहलाई बितरण गरेको छ । समाजका सचिव दिनेश कुँवरले दिएको जानकारी अनुसार मंगलबार समाजले पाल्पाको तानसेन नगरपालिका तथा तिनाउ, रिब्दीकोट र रैनादेवि छहरा गाउँपालिकालाई उक्त औषधि एकमुष्ट बितरण गरेको हो । तानसेन नगरपालिकालाई एकहजार तथा अन्य गाउँपालिकाहरुलाई पाँच/पाँच सय जनालाई पुग्ने गरी औषधि बितरण गरिएको हो । यो औषधि स्थानीय तहले हाल क्वारेन्टाईनमा रहेका आफ्ना नागरिकलाई बितरण गर्नेछन् । कल्याणकारी समाजले बुटवलस्थित ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा औषधि बितरण गरेको हो । समाज र उक्त अस्पतालका डाक्टरहरुको संयुक्त टोलीले ती स्थानीय तहका जनप्रतिनिधिलाई भेटेर औषधि बितरण गरेको हो । तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवि पाठक, तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीमगर, रिब्दिकोट प्रमुख नारायण जीसी र रैनादेवी छहराका प्रवक्ता बिष्णु पोखरेललाई भेटेर टोलीले औषधि हस्तान्त्रण गरेको थियो । अस्पतालका डाक्टरहरु माधव थापा, सन्तोष न्यौपाने, महाराज सन्तकुमार सिंह कुर्मी तथा समाजका सचिव दिनेश कँवर, जंगबहादुर थापा लगायतको टोलीले औषधि बितरण गरेपछि जनप्रतिनिधिहरुले आभार ब्यक्त गरेका थिए । रोग प्रतिरोधात्मक क्षमता बढाउने यो औषधिलाई स्वास्थ्य मन्त्रालयले पनि प्रोटोकलमा राखेको छ । समाजले यसअघि रुपन्देही र कपिलबस्तुका विभिन्न स्थानीय तहमा पुगेर यो औषधि बितरण गरिसकेको छ ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update