Erani Mahal
मित्याल थुम्कडाँडा सामुदायिक वन उपभोक्ता समूहद्वारा दालचिनी राेपण
104213546_2757263227821307_9005913773470703796_n
पाल्पा-थुम्कडाँडा सामुदायिक बन उपभोक्त समूहले दालचीनीको बिरुवा लगाएको छ। निस्दी गाउँपालिका -४ , मित्याल , मौलाथरका बन उपभोक्तहरुले ५ हजार दालचीनी र चिउरीको बिरुवा लगाएको हो।सामुदायिक बन क्षेत्रको करिब ३ हेक्टर क्षेत्रफलमा बिरुवा लगाएको अध्यक्ष छामबहादुर सारुले बताउनुभयो । वृक्षरोपण कार्यको लागि निस्दी गाउँपालिकाले २ लाख ५० हजार रकम सहयोग गरेको सचिव पान बहादुर सोतीले बताउनुभयो । वृक्षरोपणको लागि निस्दी सब डिभिजन बन कार्यालय मित्यालले प्राविधिक सहयोग गरेको कार्यलय प्रमुख नन्द प्रसाद अधिकारीले जानकारी दिनुभयो। हेक्का रहोस यस सामुदायिक बनले विगतका वर्षहरुमा बन संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याएको भन्दै विभिन्न राष्ट्रिय तथा जिल्ला स्तरीय पुरस्कार प्राप्त गरिसकेको छ ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update