Erani Mahal
सिद्धबाबा भीरबाट जीप खस्दा ६ जना घाइते, दुइकाे अवस्था गम्भिर (घाइतेकाे नामावली सहित)
cc
पाल्पा - तानसेन बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रकाे भीरबाट जीप खस्दा ६ जना घाइते भएका छन् । पाल्पादेखि बुटवल जाँदै गरेकाे प्रदेश ३-०१-२२ च ४५२२ नम्बरको डबल क्याप जीप तिनाउँमा खस्दा ६ जना घाइते भएका हुन् । उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर छ । ६ जनालाई नै उपचारका लागि बुटवल ल्याइएको छ । घाइतेहरू सबै पाल्पा तिनाउ गाउँपालिका ३ दोभानका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । घाइतेहरुमा चालक तिनाउँ ३ का वर्ष ३८ का दयाराज पाण्डे २८ बर्षिय कृष्ण बस्याल ४५ बर्षका बालकृष्णा बस्याल ३८ बर्षका शिव पाण्डे र विनाेद बस्याल रहेका छन । उनीहरु मध्य चालक र अर्का एकजनाकाे अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update