X

पर्वत कुश्मामा पहिरो : ९ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

रानीमहल संवाददाता || १ असार २०७७,सोमबार ०८:१६

पर्वत – पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिलो जाँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । अझै एक जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विक छन् ।

थप एक जनाको खोजी कार्य भइरहेको पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले अनलाइनखबरलाई बताए । उनका अनुसार १३ वर्षीय जेनिश विक अझैसम्म भेटिएका छन् । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको सुवेदीले बताउनुभयाे ।

‘अहिले पनि पानी परिरहेको छ, त्यसैले खोजी कार्य केही प्रभावित भएको छ’, उहाँले थप्नुभयाे । ९ जनाको शवलाई भने पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल पठाइएको छ । शनिबार अविरल परेको वर्षाका कारण राति पहरे वनबाट पहिलो खसेको थियो । त्यसक्रममा १० जना पुरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys