Erani Mahal
पहिलाे पटक रम्भामा १६ र बगनासकालीमा १ जना काेराेना संक्रमित भेटिए
corona-virus-covid-19
पाल्पा - पाल्पामा एकैदिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै पाल्पामा संक्रमितको संख्या ४० पुगेको छ । पछिल्लाे पटक संक्रमित थपिनेमा रम्भा गाउँपालिकाका छन् । उनीहरूमध्ये १६ जना रम्भा गाउँपालिका १ हुँगीस्थित जनकल्याण माध्यमिक विद्यालयको क्वारेण्टाइनमा बसेका छन् । उनीहरू सबै गत जेठ १५ र १८ गते भारतकाे मुम्बइबाट फर्किएका थिए । १ जना भने बगनासकाली गाउँपालिका ५ स्थायी ठेगाना भई जिल्ला अस्पताल पाल्पाको आइसोलेसनमा उपचार गराइरहेका एक पुरूष रहेकाे स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमु्ख विश्वनाथ न्याैपानेले बताउनुभयाे । संक्रमितहरू १३ देखि ५० वर्ष उमेर समूहका छन् । प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशाला भैरहवाले आइतबार बेलुकी यसको पुष्टि गरेको हो। रम्भाका कोरोना संक्रमितलाई सोमबार बिहान सोही पालिकाको ५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालयको आइसोलेसनमा लैजाने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानका्री दिनुभयाे । रम्भाका २९ जनाको स्वाब परीक्षणको लागि भैरहवा पठाएकोमा १३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update