Erani Mahal
पाल्पा प्रशासनले भाेलिदेखि दुई सिफ्टमा सेवा दिने (कहाँका सेवाग्रहीले कुन बार सेवा लिने ?)
pppp
पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले असार १ गतेदेखि दुई सिफ्टमा सेवा प्रवाह गर्ने भएको छ । प्रशासनले बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र दिउँशो १ बजेदेखि बेलुकी ६ बजेसम्म दोस्रो सिफ्टमा सेवा दिने सूचना सार्वजनिक गरेको छ । प्रशासनले आइतबार तानसेन नगरपालिकाका सेवाग्राहीको मात्र काम गर्ने भएको छ । यस्तै हरेक हप्ताको सोमबार बगनासकाली र रैनादेवी छहरा गाउँपालिका भित्रका सेवाग्रहीको र मंगलबार माथागढी र रम्भा गाउँपालिकाभित्रका सेवाग्राहीलाई सेवा दिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै बुधबार तिनाउ र पूर्वखोला गाउँपालिकाका सेवाग्राहीको काम गर्ने जनाइएको छ भने बिहीबार रिब्दीकोट र निस्दी गाउँपालिका वडा नं. ७ का सेवाग्राहीलाइ्र्र सेवा दिने जनाएको छ । प्रशासनले बिहान ८ बजेदेखि निश्चिन दुरी कायम राखेर सेवाग्रहीले पालना गर्नुपर्ने शर्त पालना गरेपछि मात्र सेवा दिने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताउनुभयो । प्रशासनले कोरोना भाइरसको जोखिम र संक्रमणलाई मध्यनजर गर्दै सेवा प्रवाह गरेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update