पाल्पा- निस्दी गाउँपालिकाका कृषकहरुले थोपा सिंचाइ सहितको प्लास्टिक टनेल पाएका छन । निस्दी गाउँपालिका कृषि शाखाको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार अनुदानमा सामग्री वितरण गरेको हो ।
व्यावसायिक रूपमा तरकारी खेती गरिरहेका तथा गर्न इच्छुक पालिका भरिका ४५ जना कृषकहरूलाई ५० प्रतिशत अनुदानमा सामग्री वितरण गरेको कृषि शाखा संयोजक खिमराज कोइरालाले बताउनुभयो ।
आइतबार मित्यालमा कृषि सामग्री वितरण गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले गाउँमै बसेर व्यावसायिक तरिकाले तरकारी खेती गरि आत्मनिर्भर रहन सकिन्छ भन्नुहुँदै पालिकाले मिहिनेती कृषकलाई सधैं साथ दिने बताउनुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्याल , पशु शाखा संयोजक ओम बहादुर मश्राङगी , वडा सदस्य रन बहादुर गाहाले कृषि सामग्री पाएका सबै कृषकले मिहिनेतका साथ काम गरेर तरकारी खेतीबाट सफलता लिन अनुरोध गर्नुभएको छ। अनुदानमा कृषि सामग्री पाएपछि खुसी व्यक्त गर्दै आगामी दिनमा थप व्यवस्थित तरिकाले तरकारी खेती गरिने कृषकहरु बताउँछन।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७ २०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय