Erani Mahal
पाल्पामा एकै दिन थपिए, १७ जना कोरोना संक्रमित, संख्या ४० पुग्यो
korona-
पाल्पा- प्रदेश नं. ५ को पहाडी जिल्ला पाल्पामा एकै दिन १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका अनुसार पाल्पामा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । पाल्पामा कहाँ कहाँका संक्रमित भएका हुन भन्ने सम्बन्धमा विस्तृत विवरण आइ नसकेको जिल्ला स्वास्थय कार्यालय पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले बताउनुभयो । यस अघि पाल्पामा २३ जना संक्रमित भएका थिए । भने यसमा एक जनाको कोरोनाको कारण नै मृत्यू भएको छ । संक्रमितहरुको अवस्था पत्ता लगाएर तुरुन्तै आइसोलेशनमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update