Erani Mahal
गायक रामचन्द्र चन्दकाे असारे गीत “साईला दाई”   (भिडियाे सहित)
saila dai ramchandra
पाल्पा- आधुनिक जमानासगँ पुराना कृषिका कर्म परम्परा र गीतहरु हराउँदै गएका छन् । त्यहि पुरानो गाउँले परम्परा र गीतलाई उजागर गर्दे नयाँ पुस्ताका युवा गायक रामचन्द्र चन्दले मौलिक असारे गीत “साईला दाई” बजारमा ल्याउनु भएकाे छ । बर्खा लाएसगैँ गाउँघरतिर खेतीपाती गर्नेकाे लर्काे सुरू हुन्छ, कुनै जमानामा जब असारे बर्खा सुरु भएर नयाँ खेतिपाती गर्नेको माहोल बन्थ्यो त्यतिबेला जताततै असारे गीत गाएर रमाईलो गर्ने चलन थियो । अचेल त्यस्ता गीतहरु हराउँदै गएका छन भने असारमा राेपाइ गर्ने र हलाे समाउनेहरु पनि कम हुँदैछन् । यसलाइ पुर्न जागरण गर्दै गीत “साईला दाई” ल्याएकाे गायक रामचन्द्र चन्दले रानीमहलसँगकाे कुराकानीमा बताउनुभयाे । चन्दकाे असारेमा गीतमा पुरानो रोपाई संस्कृतिलाई चित्रण गरिएको छ । गुल्मी जिल्लामा जन्मेका गायक तथा सर्जक चन्दलाई महिला स्वरमा साथ दिएकी छिन् चर्चित गायिका बन्दना पाण्डेले प्रदिप प्रखर पोख्रेल र कृष्ण चन्दको शब्द रहेको गीत साईला दाईमा गायक चन्द कै लय रहेको छ । रामचन्द्र चन्दले आफ्नै युट्युबबाट सार्बजनिक गर्नुभएकाे हाे । दिपक लामीछाने र शुभेक्षा रेग्मीको अभिनय रहेको म्युजिक भिडियोमा हुम गैरेको निर्देशन तथा सम्पादन रहेको छ भने बसन्त महर्जनले क्यामेरामेनकाे काम गर्नुभएकाे हाे । गीत सार्वजनिक भएसँगै उहाँलाइ फलाे गर्ने समेत बढेका छन सामाजिक स‌ंजालबाट समेत राम्राे माया सुझाव र प्रतिक्रिया पाएकाे गायक चन्दले रानीमहललाइ बताउनुभयाे । हेर्नुहाेस् गीतकाे भीडियाे
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update