Erani Mahal
पूर्वखोला गाउँपालिकाले विद्यार्थीलाइ  गाउँमा पढाइ सुरु गर्न  प्रशिक्षण
purbakhola-vcd
पाल्पा-पूर्वखोला गाउँपालिकाले पालिकाभरिका विद्यार्थीहरुलाइ गाउँ गाउँमा पढाइ सुरु गर्न प्रशिक्षण सुरु गरेकाे छ । यसै क्रममा वडा न ३ ले सामाजिक दुरि कायम गरी १ दिने प्रशिक्षण गरेको छ । प्रशिक्षण कार्यक्रका प्रमुख अथिती वडा न ३ का वडा अध्यक्ष निलकण्ठ भट्राइले सामाजिक दुरि काएम गरी एक समुहमा १०-१२ जना हुने गरी साबुन पानी र माक्सको प्रयोग गरि अध्यापन गर्न आग्रह गर्नु भयो । उहाँले पाठ्यवस्तुमा समाबेश कुरा तथा , अन्य व्यावाहारिक ज्ञान र लेखन शैली पढ्ने कुरालाइ ध्यानमा राखी अध्यापन गराउन आग्रह गर्नु भयो । कार्यक्रममा शिक्षा समितिका सदय तथा उद्ध्बुद्ध मा वि का प्र अ लोकहरी देवकोटाले सबै विध्यार्थी हरुलाइ समान्य ज्ञानका किताव खोमुखक कुरा हरुमा प्राथमिकता दिएर उनि हरुको मनोबैज्ञानिक प्रभाव लाइ आच नपुग्ने गरि शिक्षण कार्यगर्न आग्रह गर्नु भयो । वडा न ३ मा जम्मा ३० वटा टोलमा स्थानमा पढाइ हुने अवस्था हेरेर विहान दिउँसो साँझ दैनिक ३ घण्टा पढाइ हुने छ । जुन कार्यको लागी ५२ जना शिक्षक ले पढाउने छन । शिक्षक हरुले प्रत्यक विध्यार्थिको हाजिरी र आफ्नो प्रत्यक दिनको हाजिरी गर्नु पर्ने छ । सो कार्यको अनुगम वडामा रहेका प्र अ तथा पालिका शिक्षा समितिले गर्ने छ । प्रशिक्षण कार्यक्रम मा कार्यक्रको उदेश्य माथी छलफल तथा त्यसको सामाधानको उपाएको वारेमा छलफल भएको थियो । कार्यक्रम उद्धबुद्ध मा. बि बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराइको अध्यक्षतामा शिक्षा समितिका सद्स्य शुसिल न्यौपानेको संचालनमा भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update