Erani Mahal
निस्दी गाउँपालिकाका कृषकलाइ अनुदानमा आधुनिक  कृषि सामग्री प्रदान
tractor
पाल्पा- निस्दी गाउँपालिकाका कृषकहरुले अनुदानमा आधुनिक कृषि सामग्री पाएका छन । निस्दी ४ मित्यालको धाक्रेदमार मकै पकेट क्षेत्रको लागि ५० प्रतिशत अनुदानमा विभिन्न कृषि सामग्री वितरण गरेको छ । कृषि ज्ञान केन्द्र पाल्पाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मिनिटिलर १७ वटा , मकै छोडाउने मेसिन १ वटा र मकै पिस्ने मेसिन १ वटा वितरण गरेको निस्दी गाउँपालिका कृषि शाखा संयोजक खिमराज कोइरालाले बताउनुभयो । निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले कृषि सामग्री हस्तान्तरण गर्नुहुँदै यहाँको खेतीयोग्य जमिन बाँझो नहोस र मकै पकेट कार्यक्रम नमुना होस भन्दै कृषकलाई बढीभन्दा बढी फाइदा लिन अनुरोध गर्नुभयो।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update