Erani Mahal
अरुलाई निधारमा टिका, मलाई भुईमा राखियो : दलित जनप्रतिनिधि
pani-final
पाल्पा – पाल्पाको रिब्दीकोट गाउँपालिका–८, फेकमा वडा भवनको सिलन्यास गर्ने क्रममा दलित महिला जनप्रतिनिधिलाई भुइमा टिका राखिदिएको घटना बाहिर आएको छ । भवन सिलन्यासका क्रममा बुधबार पुरोहित कुल प्रसाद उपाध्यले गैरदलित समुदायका मानिसलाई निधारमै टिका लगाइ दलित सदस्य सुमित्रा हिताङ्गलाई भुइमा टीका राखी लगाउन आग्रह गर्नुभएकाे थियाे । “मैले फोटो खिचिरहेको अवस्थामा दायाबाया सबैतिरका मान्छेका निधारमा टिका लगाइ दिनुभएको थियो । मेरो पालोमा टीका भुईमा राखी सुमित्रा टिका लगाउ पुरोहितले भने,” पीडीत हिताङगको भन्नुभयो,“मैले टिका लगाइन, म भन्दा पछाडि रहेकी वडासदस्य मीना छहरीलाई टिका लगाउनुदिनुभयो ।” “सबैलाई टिका लगाई मलाई टिका नलगाई भुईमा राखिदिदा अपमानित हुनुपरयो । सार्वजनिक स्थलमा जातीय आधारमा व्यवहार गरिएको छ, मलाई विभेद गरिएको प्रष्ट देखिएकोले मिडिया मार्फत सार्वजनिक गरेको हिताङ्गको दावी छ । अर्की वडा सदस्य छहरीले सुमित्रा टिका लगाउ भनेको सुनेको बताउनुभयो । मलाई पुरोहितले टिका लगाइदिनुभएको हो, सुमित्राको अगाडि पुगेपछि ल सबैले टिका लगाउनुहोस भनी पुजाको थाल सहित भुइमा राखेको छहरीको भनाई छ । पुरोहित उपाध्यले मैले सुमित्रालाई मात्र टिका लगाउन अनुरोध नगरेको बताउनुभयो । मलाई हतार भएकोले सबै जनाले टिका लगाउनुहोस् भनी पुजा थाल भुइमा राखेको उपाध्यले बताउनुभयो । सबै जना त्यही हुनुहुन्छ, आफुले पहिला पहिला विद्यालयका सार्वजनिक कार्यक्रममा पनि छुवाछूत नगरेकाे भनी घटनाको बचाउ उपाध्यले गर्नुभएकाे छ । वडाध्यक्ष नारायण लाम्टाङ्गे नियतवंश जनप्रतिनिधिलाई छुवाछूतजन्य व्यवहार भएको हो भनी दोषीलाई कारबाही हुनुपर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले वडा भवनको सिलन्यास गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update