Erani Mahal
पाल्पामा थप दुई जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २३ पुग्याे
79518251_698161720755851_5439580784839674643_n
पाल्पा – पाल्पाका थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका थप २ जनामा कोरोना संक्रमण भएको हो । थपिएका माथागढी गाउँपालिकाका १ र गुल्मी रूरूका १ जना रहेका छन् । योसँगै पाल्पाका कोरोना संक्रमितको संख्या २३ पुगेको छ । याेसँगै माथागढीका १४, रामपुरका ३, पूर्वखोलाका २, र रैनादेवी छहराका २ र निस्दीका २ जनामा कोरोना संक्रमण देखिएको छ । १ जना पाल्पास्थित अस्पतालमा भर्ना भएका गुल्मी रूरूका बिरामी पनि पाल्पाकै तथ्यांकमा समेटिएकाे स्वास्थ्य कार्यालय पाल्पाका महामारी फाेकल पर्सन श्रीकृष्ण भट्टराइले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update