Erani Mahal
निस्दीको झिरुवासमा फस्टाउदै अलैंची खेती
alaichi
पाल्पा- निस्दी गाउँपालिकाको झिरुबासमा अलैंचीको खेती फस्टाउदै गाएको छ। निस्दीको वडा नम्बर ३ झिरुबासको खादरमा लगाएको अलैंची खेतीबाट यस वर्ष करिब १५ लाख बढी आम्दानी लिने अनुमान गरेको छ । निस्दी गाउँपालिका पाल्पाको एक वडा एक पकेट कार्यक्रम अन्तर्गत खादर बासिले अलैंची खेती गर्दै आएको वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताउनुभयो । खादरका ७५ घरधुरी उपभोक्त मिलेर करिब २ सय रोपनी क्षेत्रफलमा लगाएको अलैंचीको फल बिक्रिको लागि नवलपुर जिल्लाको अरुणखोलामा लैजाने गरेको खादर अलैंची खेती पकेट उपभोक्त समितिका अध्यक्ष मनुराज खाम्चाले बताउनुभयो । यस वर्ष निस्दी गाउँपालिका कृषि शाखाबाट १ लाख ८७ हजार ५ सय अनुदान र उपभोक्त समितिको तर्फबाट ६२ हजार ५ सयको लागतमा काम भइरहेको शाखा संयोजक खिमराज कोइरालाले बताउनुभयो । चालु आर्थिक वर्षको अनुदानबाट फल काट्ने मेसिन , विषादी छर्ने स्पेयर , ढुसीनाशक विषादी र लमजुङ जिल्लाबाट १४ हजार बिरुवा खरिद गरेको संयोजक कोइरालाले बताउनुभयो । [caption id="attachment_10684" align="alignnone" width="1280"] प्रतिनिधि तस्विर गुगलबाट । [/caption] यस वर्ष समयमै वर्षाले गर्दा असारमा फल्नुपर्ने फल जेठमै फलेको कृषि प्राविधिक त्रिमला पाटाले बताउनुभयो । शुरुमा यहाँका स्थानीय शिक्षक तुलबहादुर वयम्बुले २०६५ सालतिर इलाममा भ्रमण जाँदा बिरुवा ल्याइ लगाउदा राम्रो भएकोले यहाँका स्थानीय सबै आकर्षित भएको स्थानीय समाजसेवी ओमलाल खनगाहाले बताउनुभयो । अलैंची खेतीबाट राम्रो आम्दानी मिलेपछि खादर बासि हौसिएका छन ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update