Erani Mahal
पैसा जम्मा गरेकाे ११ वर्षपछि निस्दीअर्चलेका जनताले  बिजुली बाल्न पाए
bidut
पाल्पा- निस्दी गाउँपालिका,वडा नम्बर-६,अर्चले,पाल्पाका जनताहरुले पनि बिजुली बाल्न पाएका छन् । बिजुली बाल्न भनेर ११ वर्ष अघि पैसा जम्मा गरे पनि गाउँमा बत्ति नआए पछि जनगुनासो बढ्दै गएको थियो । निस्दीको ५ वटा वडाहरु ज्यामिरे,अर्चले,गल्धा,मित्याल र झिरुबासका करिब २ हजार ६ सय घरधुरीमा यसै वर्ष भित्र विद्धुत पुर्याउने लक्ष्य रहेको लाली गुँरास ग्रामीण विधुत सहकारी संस्था निस्दीका अध्यक्ष दुर्गा बहादुर सोमैले बताउनुभयो । निस्दीको वडा नम्बर ५ गल्धाको प्रायः सबै टोलमा , मित्यालको साबिक वडा नम्बर १ र २ मा र अर्चलेको सिसिङ्गा,सात्दोबाट,चिदियामा यस अघि नै लाइन पुगेको छ भने बुधबार साविक अर्चले गाविसको वडा नम्बर-४,अर्चले,वडा नम्बर-५,सिमलडाँडा र वडा नम्बर-६,नारीभन्ज्याङमा राष्ट्रिय प्रसारण लाइनको विधुत विस्तार भएको छ वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनु भएको छ । हाललाई सामुदायिक विधुतिकरणको लागि लाइन बिस्तार गर्न केही प्राविधिक समस्या रहेकोले ११ केभी राष्ट्रिय प्रसारण लाइनबाट निस्दीको गाउँ टोलमा विधुत विस्तारको काम भईरहेको गाउँपालिकाले जनाएको छ । धेरै समयको पर्खाइमा राष्ट्रिय प्रसारण लाइन गाउँमा आएपछि अर्चलेका स्थानीयबासी खुसी भएको केशु खण्डलु मगरले बताउनुभएको छ । विश्वभर कोरोना महामारीको बेलामा पनि ज्यान जोखिममा राखेर विधुत लाइनको काम गरेका प्राविधिक टोलिलाई यहाँका स्थानीयले सम्मान गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update