Erani Mahal
पूर्वखोला गाउँपालिकाद्वारा पिसिआर किट खरिद, क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने
pcr_kit
पाल्पा- जिल्लाको पूर्वखोला गाउँ पालिकाले क्वारेन्टाइनमा बस्ने सम्पूर्णको पिसिआर चेक गर्नको लागि आफ्नै खर्चमा भिटिएम (स्वाब संकलन गर्ने किट) खरिद गरेको छ । गाउँपालिकाले भारत लगाएत तेस्रो मुलुकबाट फर्किएका आफ्ना नगरिक र फ्रण्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको कोरोना परीक्षण गर्नको लागि आफ्नै लगानीमा किट खरिद गरिएको प्रमुख नुनबहादुर थापाले रानीमहललाई बताउनुभयो । केन्द्र र प्रदेश सरकारको मुख ताकेर बस्दा धेरैलाई परीक्षण गर्न सकिएन, प्रमुख सारुले भन्नुभयो त्यसैले गाउँपालिकाकाका जोखिम सम्भावित सबैलाई परीक्षणका लागि किट खरिद गरिएको हो । प्रदेश र केन्द्रबाट किट उपलव्ध नहुँदा धेरैलाइ लामाे समयसम्म क्वारेन्टाइनमा राख्नुपर्ने र पाेजिटिभ भए अरुलाइ समेत जाेखिम हुनेभएकाले सबैकाे परीक्षण गर्नकाे लागि जिल्लामै पहिलाे पटक स्थानीय स्तरबाट नै किट खरिद गरिएकाे उहाँले बताउनुभयाे । पालिकाले स्वाब संकलन गरी परिक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ्पठाएको छ । प्रति गोटा रु ३५० मा किट खरिद गरिएको पालिकाले जनाएको छ । पाल्पाका अन्य पालिकाले समेत आफ्नै लगानीमा भएपनि किट खरिद गरेर परीक्षणको दायरालाई बढाउनुपर्ने माग जनस्तरबाट उठ्दै आएको छ । पूर्वखोलाले किट खरिद गरेसँगै तानसेन न.पा. ले पनि खरिद गर्ने तयारी गरेको तानसेन नगर युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले रानीमहललाई बताउनुभयो । उहाँले सबै पालिकाले किट खरिद र पिसिआर मेसिन जडान गरेमा जिल्लामै परीक्षण हुने व्यवस्था मिलाउन सकिने बताउनुभयो । अहिले पाल्पामा भारत लगाएतका मुलुकबाट आएका नागरिकहरुमा कोरोनाको संक्रमण देखिएको छ, पाल्पामा अहिलेसम्म २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यू भएको छ । प्रदेश र केन्द्र सरकारले प्रर्याप्त किट नपठाउँदा जिल्लामा कोरोनाको पिसिआर स्वाव संकलनमा समस्या समेत परेको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update