Erani Mahal
पाल्पामा काेराेना संक्रमित हुनेकाे संख्या २१ पुग्याे, माथागढीका १२ जना नयाँ संक्रमित
covid-19-test
पाल्पा – पाल्पा जिल्लामा थप १२ जनामा काेराेना भाइरस संक्रमित थपिएका छन् । माथागढी गाउँपालिकाकाे बहादुरपुर क्वारेन्टाइनमा बसेका १२ जनामा काेराेना संक्रमण देखिएकाे हाे । एक साताअघि काेराेना संक्रमित देखिएका १ जनासँगै सम्पर्कमा रहेकामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । याे सँगै पाल्पामा संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ । एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने पूर्वखाेला गाउँपालिका १, सिलुवाका हुन् । उनकाे शब ड्रम्रे खाेला क्षेत्रमा व्यवस्थापन गरिएकाे थियाे । [caption id="attachment_9650" align="alignnone" width="696"] प्रतिनिधि तस्विर : गुगल ।[/caption] हालसम्म रैनादेवी छहरा, माथागढी, पूर्वखाेला र रामपुर नगरपालिकाकाे विभिन्न क्वारेन्टाइनमा बसेकाहरूमा काेराेना भाइरस संक्रमण देखिएकाे छ । पहिलाे पटक काेराेना संक्रमित देखिएका रैनादेवी छहराका दुइ जनासँग सम्पर्कमा रहेका मानिसकाे भने रिपाेर्ट आउन बाँकी रहेकाे स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्याैपानेले बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update