Erani Mahal
निस्दी मित्यालमा विपन्न परिवारलाई आयआर्जनमा सहयोग गर्न बंगुर वितरण
bangur
पाल्पा - गाउँपालिकाका गरिब तथा विपन्न परिवारले बंगुरको पाठापाठी पाएका छन। निस्दी गाउँपालिकाको वडा नम्बर ४ मित्यालको भिरपानी र ज्यामिरेको सिन्दुरेका गरिब तथा विपन्न परिवारलाई बंगुरको पाठापाठी वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले आयआर्जनमा वृद्धि गर्न अनुरोध गर्नुभयो। निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्याल र नेकपा नेता देवीलाल लामिछानेले कार्यक्रम सफलताको कामना गर्नुभयो। मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत ३५ घरपरिवारलाई आयआर्जनको लागि ७० वटा बंगुरको पाठापाठी दिएको निस्दी गाउँपालिका पशुपंक्षी शाखाका संयोजक ओम बहादुर मश्राङगीले बताउनुभयो । निस्दीमा गत वर्षदेखि संचालन भएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत यहाँका गरिब तथा विपन्न परिवारलाई आयआर्जनको लागि विभिन्न आयमुलक कार्यक्रम गर्दै आएको सामाजिक परिचालक पुष्पा कुँवरले बताउनुभयो। ५ नम्बर प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, निस्दी गाउँपालिकाको आयोजना तथा पशु शाखाको सहजीकरणमा सहारा ग्रामीण विकास समिति मित्याल मार्फत कार्यक्रम भएको समितिका सचिव भुवन थापाले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update