Erani Mahal
तानसेनमा अनलाइन बादविवाद प्रतियोगिता : दमकडा मावि प्रथम
sf
पाल्पा- तानसेन नगरपालिका शिक्षा शाखाद्वारा आयोजित माध्यमिक तह स्तरिय अनलाइन वादविवाद प्रतियोगितामा दमकडा माध्यमिक विद्यालय प्रथम भएको छ । विद्यालयका छात्रा विनिता पराजुली प्रथम स्थान हासिल गर्न सफल हुनुभएको विद्यालयका प्राचार्य मोहन सापकोटाले बताउनुभयो । कारोना कहर र लकडाउनका कारण अनलाइन मार्फत गरिएको बादविवाद प्रतियोगितामा जनता माध्यमिक विद्यालयका छात्रा सदिक्षा ढकाल दोस्रो र सेन्त कपितानियाे स्कूलका प्रेक्क्ष्या पौडेल तेस्रो स्थान हुन सफल भएका छन् । विज्ञान वरदान कि अभिशाप भन्ने विषयक वादविवाद प्रतियाेगिता आइतबार सम्पन्न भएकाे हाे । तानसेन नगरपालिकाका १८ विद्यालयकाे सहभागिता रहेकाे साे प्रतियाेगितामा विज्डम बाेडिङ बाँसटारीका प्रविण बस्याल , न्यू हाेराईजनकी विज्ञा तिमल्सेना र देववाणी संस्कृत तथा साधारण माविकी अर्चना ज्ञवाली सान्त्वना भएका छन् । तानसेन नगरपालिका शिक्षा समितिकाे अतिरिक्त कृयाकलाप समितिका अध्यक्ष कृष्ण बहादुर थापाकाे सभापतित्व र तानसेन नगरपालिकका प्रमुख अशाेक कुमार शाहीकाे प्रमुख अातिथ्यता र उपप्रमुख लक्ष्मी पाठककाे विशिष्ट अातिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख रेशमलाल न्याैपाने,प्याब्सन पाल्पाका अध्यक्ष भरत प्रसाद न्याैपाने, दमकडा माविका प्रअ माेहन सापकाेटा,प्यारागन बाेर्डिङका प्रिन्सिपल गंगा बहादुर खत्री , जनता माविका शिक्षक राम प्रसाद ढकाल लगायतले मन्तव्य व्यक्त गर्दै वादविवाद प्रतियाेगिताले लकडाउनकाे समयमा निष्कृय जस्तै भएका विद्यार्थीहरुलाई केही हदसम्म् कृयाशील बनाएकाे विश्वास व्यक्त गर्नुभयाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि शाहीले प्रतियोगिताले विद्यार्थीहरूकाे क्षमता अभिबृद्वि गर्नुका साथै शैक्षिक विकासमा याेगदान पुग्ने विस्वास व्यक्त गरे । अतिरिक्त कृयाकलाप समितिका सदस्य भावना खनालकाे स्वागतबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन समितिका सदस्य कृष्ण मल्लले गरेका थिए । प्रतियाेगिताकाे निर्णायककाे भूमिकामा शिक्षा शाखा अधिकृत रेशमलाल न्याैपाने,स्राेतव्यक्ति लक्ष्मी ढुङ्गाना,समितिका सदस्य भावना खनाल रहेका थिए । प्रतियाेगितामा प्रथम हुनेले रु ५००० ,द्वितीय हुनेले रु ४००० र तृतीय हुनेले रु ३००० अनि सान्त्वना हुनेले रु १००० प्राप्त गरेका छन्जु जुम एप्लिकेशनबाट सञ्चालन भएकाे कार्यक्रमकाे सहजीकरण अाई टि अफिसर प्रकाश गैरेले गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update