Erani Mahal
तानसेनको दमकडामा बन्यो सुविधा सम्पन्न क्वारेन्टाइन, मातृभूमि फर्कनेलाई यसरी स्वागत गरिदै
fa
पाल्पा– जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण भएको छ । मातृभूमिमा फर्किने नेपाली दाजुभाईको निम्ति माण्डव्य सामुदायिक क्वारेन्टिन निर्माण कार्य पूरा भएको छ, क्वारेन्टाइनका संयोजक प्रकाश पंगेनीले भन्नुभयो, विदेशबाट फर्किरहेका दाजुभाइ दिदीबहिनीलाई मातृभूमिमा स्वागत गर्न हामी आतुर छौं । सोही अनुसार यस क्वारेन्टाइनमा आइतवार भारतबाट फर्किएका ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टिन वैदेशिक रोजगारीका गएका संगीसाथी र छिमेकीलाई देशभित्र ससम्मान बोलाउन बनाइएको हो । क्वारेन्टिनमा प्रकाश छिर्ने ५ कोठा र २० बेड तयारी अवस्थामा छन्, थप ४ कोठामा १० बेड थपिने छ, दमकडा माध्यमिक विद्यालयका अध्यक्ष राजेश कुमार अर्यालले भन्नुभयो, हरेक बेडमा सावुन, सेनिटाइजर, ब्रुस, मन्जन र रूमाल राखिएको छ भने नजिकै बस्ने कुर्ची, डस्टविन र मोवाइल चार्ज गर्ने अलगअलग प्लग समेत रहेका छन् । क्वारेटिनमा बस्नेले तातोपानीका लागि आफूखुशी इलेक्ट्रोनिक जग प्रयोग गर्न पाउनेछन्, बाहिर वाइफाई, टेलिभिजन, ४ शौचालय, २ स्नान गृह, ५ धारा राखिएका छन् । परिसरमा हेलोजिन लाइट जडान गरिएको छ । ध्वजापतकाले सजिसजाउ गरिएको छ, दुरी कायम गरेर मात्र आफन्तले भेट्न समेत पाउने व्यवस्था मिलाइएको अर्यालले बताउनुभयो । क्वारेन्टिन सञ्चालनका लागि व्यवस्थापन समिति समेत बनाइएको, छ जसले आचारसंहिता बनाइएको छ, सोही आचार संहित अनुसार खानाखाजा व्यवस्थापन, सुरक्षा र रखदेख गर्न समुदायका विभिन्न व्यक्तिलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । क्वारेन्टिनमा संक्रमण फैलने अवस्था नआओस् भन्नेमा समुदाय सचेत रहेको छ, संयोजक पंगेनीले भन्नुभयो स्वास्थ्यकर्मी, एम्बुलेन्स र पिसिआर र आरडीटि परीक्षणका लागि अन्य निकायमा समन्वय समेत गरिनेछ , साथै नियमित सुचारु गर्नको लागि सहयोगी मनहरुको सहयोग समेत आवश्यक रहेको छ । क्वारेन्टिन निर्माणमा नेपाल कम्पयुनिष्ट पार्टी, तानसेन नगरपालिका, वडा कार्यालय, स्थानीय युवाहरु, व्यवसायी विभिन्न संघ, संस्था र कार्यालय तथा व्यक्तिगत रुपमा समेत सहयोग भएको छ । सहयोगी जनहरुलाई माण्डव्य सामुदायिक क्वारेन्टिन व्यवस्थापन समितिले धन्यवाद तथा आभार समेत व्यक्त गरेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update