Erani Mahal
काेराेना कहर : विद्यार्थीकाे सहयाेगी बन्दै अभिभावक सहजीकरण तथा बाल रेडियो कार्यक्रम
photo 1
पाल्पा- कोरोना भाइरसका कारण जिल्लाका विद्यालयहरु बन्द रहेका छन् । जिल्लाका बालबालिकाहरुलाई घरमा पढाई क्रियाकलापमा क्रियाशील गराउन अभिभावक सहजीकरण क्रार्यक्रमले सहयाेग पुगेकाे छ । विद्यार्थीहरुको क्षमतालाई बाहिर ल्याउन र सृजनशीलताको बिकासमा जोड दिन बाल रेडियो कार्यक्रम समेत सञ्चालन गरिएपछि अभिभावक र विद्यार्थीलाइ राहत मिलेकाे छ । विद्यार्थीहरु घरमै बसेको अवस्थामा विद्यार्थीहरुको सिकाई सहयोग पु¥याउन रुम टु रिड नेपाल र बेस नेपालले अभिभावक सहजीकरण तथा बाल रेडियो कार्यक्रम सञ्चालन गरेको छ । सहजीकरण कार्यक्रम अन्र्तगत घरमा बसेर आफ्ना बालबालिकालाई के क्रियाकलाप गर्ने, कसरी गराउने भन्ने विषयमा अभिभावकसंग छलफल र जानकारी गरिने बेस नेपालका सहजकर्ता भिष्म नेपालले बताउनुभयाे । सोही आधारमा अभिभावकले आफ्ना बालबालिकालाई सहयोग गर्न सक्नुहुने सहजकर्ता नेपालले बताउनुभयाे । अभिभावक सहजीकरका लागि नेपाल सरकारले अवलम्बन गरेको पठ्यक्रम आधारित क्रियाकलापहरु घरमै बसेर गर्नका लागि सहजीकरण गरिने बताउनुभयाे । प्राथमिक तहका विद्यार्थीहरुलाई आफ्ना रुची र क्षमताका आधारमा कार्यतालिका निर्माण, चित्र बनाउने, चित्रमा रङ्ग लगाउने, कथा सुनाउने, गीत गाउने, घरमा प्रयोग हुने समानहरुको नाम भन्न, लेख्न लगाउने, भान्सामा प्रयोग हुने समानको नाम लेख्न, भन्न लगाउने आदि धेरै खालका क्रियाकलापहरु आभिावकलाई सहजीकरण गरिएको बताउनुहुन्छ । जिल्लाका कार्यक्रम लागु भएका ४३ विद्यालयका प्राथमिक तहका अभिभावकहरुलाई सहजीकरण गरिएको उहाँले बताउनुभयाे । सहजीकरण कार्यक्रमले आफुलाई घरमा बाबुनानीहरुलाई सिकाउन र व्यस्त राख्न सहयोग पु¥याएको उद्बुद्ध माध्यमिक विद्यालयका अभिभावक मनिषा बरालले बताउनुभयाे । नानीबाबुहरु जानेको चित्र बनाउन पाउदा र कथा सुन्न पाउदा खुसी हुन्छन्, उनले भने । “आफुले जानेका गीत, चुट्किला, कथा, कविता रेडियोमा पठाउछन्, आज रेडियोमा आउछ, भन्दै साथीहरुलाई रेडियो सुन्न लगाउछन् ।” उहाँ भन्नुहुन्छ “रेडियो कार्यक्रमले नानीबाबुहरुलाइ जागरिलो बनाएको छ । ” “धेरै राम्रो लागेको छ, रेडियो कार्यक्रम निरन्तर भए राम्रो हुन्थ्यो, उहाँले भन्नुभयाे ।” हामीले घरमा के गर्ने विकल्प अवलम्बन गर्न नसकेको अवस्थामा घरमा बसेका हाम्रा विद्यार्थीहरुलाई सिकाईमा सहयोग गर्नका लागि अभिभावकलाई नै क्रियाशील गर्न गरेको अभ्यासले विद्यार्थीहरुको सिकाईमा राम्रो सहयोग गर्ने नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक राम बहादुर बिकले बताउनुभयाे । लगडाउनको समयमा रुम टु रिड नेपाले सञ्चालन गरेको अभिभावक सहजीकरण, बाल रेडियो कार्यक्रम, पुस्तकालयका पुस्तक जारी जस्ता क्रियाकलापले घरमा बसेका विद्यार्थीहरु व्यस्त रहने, सामग्रीको अभाव नहुने र अभिभावकहरुले पनि सजिलै सहयोग गर्न सक्ने, विद्यार्थीहरुको रुची अनुसार पढ्न, लेख्न पाउने हुदा प्रभावकारी भएको बताउनुभयाे । “हाम्रा विद्यार्थीहरु अलपत्र भएका थिए, लामो समय विद्यालय बन्द हुदा हामीले पठन पाठन गर्न सकेका थिएनौ ।” “यस्तो अवस्थामा प्रभावकारी कार्यको सुरुवात भएको छ, हामी पनि पाही परेका अभिभावकसंग आफ्ना नानीबाबुहरुलाई घरमा सहयोगका लागि अनुरोध गर्ने छौ ।” उहाँले भन्नुभयाे । जिल्ला स्थित सरोकारवालाहरुको समन्वयमा वैकल्पिक शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले बताउनुभयाे । सञ्चालित कार्यक्रम जिल्लाका सबै तहका विद्यार्थीहरुलाइ लक्षित भएको बताए । तर आधारभुत तहका विद्यार्थीहरुलाई प्राथकिता दिइएको उहाँले बताउनुभयाे । अभिभावक सहजीकरण, पुस्तक जारी, बाल रेडियो कार्यक्रम, “पढौ र पढाउ” भन्ने जस्ता सन्देश मुलक शब्द सन्देश अभिभावक र शिक्षकहरुलाई मोवाइलमा पठाउने क्रियाकलापहरु नियमित गरिरहेको बताउनुभयाे । सोही अनुसार घरमा अभिभावकहरुले सहयोग गर्नुभएको उनले बताए । लगडाउनका कारण विभिन्न चुनौतीहरु भएको तर नतिजा सकारात्मक देखिएको उनले बताउनुभयाे । लगडाउनको अवस्था आकलन गरेर आगामी दिनमा सरोकारवालाहरुसंग समन्वय गर्ने, कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लैजाने उहाँले बताउनुभयाे ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update