Erani Mahal
पाल्पाका प्रजिअ पत्रकार भेट :  काेराेना राेकथाम र सुशासन पहिलाे प्राथमिकतामा
102600596_298232864542515_2545481113083685325_n
पाल्पा- पाल्पाका प्रमुख जिल्ला अधिकारीका रुपमा सुर्खेतबाट पाल्पा सरुवा भई आउनुभएका रमेश न्यौपानेले काेराेनाकाे राेकथाम सुशासन र पारदर्शिताको लागि पहिलाे प्राथमिकतामा रहेर काम गर्ने बताउनुभएको छ । आइतबार पाल्पाली पत्रकारहरूसँगको भेटमा उहाँले सवै पक्षको समन्वयले जिल्ला अगाडि बढ्ने भएकोले प्रशासनिक सीमा र सदासयता बुझेर जिल्लाको तथ्य विवरण बाहिर ल्याउन सञ्चारकर्मीहरूसँग आग्रह गर्नुभयो । प्रजिअ न्यौपानेले अहिले कोभिड महामारीका बेला क्वारेन्टाइन व्यवस्थापन, टेष्टको दायरा बढाउने र संक्रमितलाई उपचार गर्ने विषस मुख्य सन्दर्भ भएकोले संक्रमणकालीन अवस्थामा सकारात्मक सूचना प्रवाह गर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । जिल्लामा २ हजार बढी क्वारेन्टाइनमा रहेपनि ३ सय जनाको मात्र टेस्ट भएकोले संक्रमणको सम्भावना बढी रहेको न्यौपानेले बताउनुभयो । अर्को प्रसङ्गमा प्रजिअ न्यौपानेले जिल्लामा रहँदासम्म पेशागत हितलाई ध्यानमा राखेर राजनीतिक गन्ध नआउनेगरी कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सुन्दर, शान्त र पर्यटकीय जिल्ला पाल्पाबारे आफू विगतबारे केही जानकार रहेकोले जिल्लाको सांस्कृतिक पर्यटकीय साथै विविध सम्भावना पहिल्याई सेवा प्रवाहका सहजीकरण गर्ने जनाउनुभयो । भेटमा सञ्चारकर्मीहरूले समुदायमा संक्रमित न्यूनीकरण गर्न, बन्दाबन्दीमा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन, विकास निर्माणका काम र प्रशासनीक सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न सुझाएका थिए । यस्तैगरी बजार अनुगमन, नियमित सेवा प्रवाहको सूचना प्रदान, जनअपेक्षाका कार्यमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा पत्रकारको सुझाव थियो । सोही अवरमा हालै जुम्लाबाट सरुवा भइ आउनुभएका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, प्रशासन कार्यालयका सूचना अधिकारी यज्ञश्वर पन्थी लगायतले मिडिया मैत्री बातावरण बनाउन प्रशासनले समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । यसअघि गत फागुन महिनामा पाल्पा आउनुभएका प्रजिअ यादव सुवेदीको हालै पाल्पाबाट सरुवा भएपछि नयाँ प्रजिअको रूपमा न्यौपाने सुर्खेतबाट सरुवा भइ पाल्पा आउनुभएको हो । यस्तै जुम्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा रहनुभएकी दुर्गा वञ्जाडेले सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा पाल्पा सरुवा भइ आउनुभएको हो ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update