Erani Mahal
निस्दीका शिक्षकले काराेना राहतकाेषमा १० लाख बढी सहयोग गर्ने
NISDI
पाल्पा- निस्दी गाउँपालिकाका शिक्षकहरूले निस्दी गाउँपालिकाकाे विपद व्यवस्थापन काेषमा १० लाख बढी रकम सहयाेग गर्ने भएका छन् । यहाँका शिक्षकले पनि विपत व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णय गरेका हुन् । कोरोना रोग जोखिम न्यूनीकरणका लागि समाजमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउदै आएका निस्दीका शिक्षकहरूले आर्थिक सहयोग समेत गर्ने भएका हुन । निस्दी स्रोतकेन्द्रको छुट्टाछुट्टै दुई चरणमा बसेको प्रधानाध्यापकहरुको बैठकले प्रावि दृतीय , प्रावि तृतीय , निमावि तृतीय , पुर्व प्राथमिक र कर्मचारीले ३ दिन बराबरको त्यसैगरी प्रावि प्रथम , निमावि प्रथम , निमावि दृतीय र मावि तहमा कार्यरत शिक्षकले ५ दिन बराबरको रकम सहयोग गरिने शिक्षक महासंघ निस्दीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले बताउनुभयो । यसरी ५४ वटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले सहयोग गर्ने कुल रकम १० लाख १६ हजार ३ सय ७४ रुपैयाँ हुने शिक्षा शाखाका स्रोतव्यक्ति नर बहादुर थापाले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update