Erani Mahal
रामपुरमा खानेपानी र सरसफाइको अवस्थाबारे तथ्याङ्क संकलन शुरु
fa adf
पाल्पा- रामपुर नगरपालिकाले नगरका घरधुरीमा खानेपानी र सरसफाइको अबस्था संकलन शुरु गरेको छ । नगरपालिकाले २ चरणमा नगरका १० वटै वडामा तथ्यांक लिने नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । नगरका गणक घरघरमा पुगेर लिने तथ्यांक नगरमा भरपर्दो र अहिलेको अबस्थाको सही तथ्यांक हुनेछ,थापाले भन्नुभयो- यसले खानेपानी र सरसफाइ बारे राम्रो आधार दिन्छ त्यसपछि कति घरमा शुद्धपानीको पहुँच र कतिमा नभएको आधारमा योजना अगाडि बढाउन सक्छौ । पहिलो चरणमा नगरका वडा नम्बर १,३,८,९ र १० मा तथ्यांकको काम शुरु भएको छ । भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश ५ को खानेपानी विभागको सहयोगमा नगरमा संचालित बाँस कार्यक्रमबाट खानेपानी घरधुरी सर्वेक्षण गर्न लागिएको हो । प्रदेशको १ घरधुरी,१ खानेपानी धारा र १ शौचालय अभियानलाई सघाउने गरि डाटा लिन शुरु गरिएको नगरपालिकाका बाँस कार्यक्रम संयोजक शालिकराम खनालले बताउनुभयो । यसका लागि १९ गणक खटिएको उहाले जानकारी दिनुभयो । पहिलो चरण सकेपछी दोस्रो चरणमा नगरका बाकी रहेका वडा नम्बर २,४,५,६ र ७ मा तथ्यांक लिइनेछ । कोरोनाको संक्रमणका बेला नगरपालिकाले सबै कर्मचारीलाई सामाजिक दुरी कायम गरि सुरक्षाको सामाग्री प्रयोग गरेर मोबाइलमा एम. वाटर एपद्दारा गणकले सर्वेक्षण गर्नेछन् । नगरपालिकाका प्रत्येक घरधुरीमा लिइने यो डाटाले आगामी दिनमा खानेपानीको योजना संचालन गर्नुपर्ने आबश्यकता, खाइरहेको मुलको अबस्था र मर्मतका लागि पनि तथ्यांक दिगो र प्रभाबकारी रुपमा रहने खनालले बताउनुभयो । हाल रामपुर नगरपालिकामा झण्डै ८० प्रतिशत नागरिक शुद्ध खानेपानीको पहुचमा रहेको अनुमान छ । नगरमा हालसम्म कुल १ सय ३१ वटा योजना चलेर धेरै जसो नागरिक यी योजनाबाटै संचालित पानी प्रयोग गर्दै आएका छन् । अझै पनि १० प्रतिशत नागरिकको पानीको स्रोत कुवाको मुल र अन्य नागरिक चापाकल सहितको अरु पानी उपयोग गर्दै आइरहेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update