Erani Mahal
तिनाउँ गाउँपालिकाको वडा नं. ४ र ५ को कार्यालय भवन सिलन्यास
TAFD
पाल्पा- तिनाउँ गाउँपालिकाको वडा नं. ४ र ५ ले नयाँ वडा कार्यालय भवन बनाउन सुरु गरेका छन् । बहुवर्षे योजना अन्तरगर्त निर्माण हुने वडा कार्यालय भवनको गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले एक कार्यक्रमका बीचमा सिलान्यास गर्नुभएको छ । वडा नं. ४ को सत्यवती र वडा नं. ५ को चरचरेमा वडा कार्यालय भवन बनाउन सुरु गरिएको हो । ६५।६५ लाखको लागतमा निर्माण सुरु गरिएको वडा भवनको आउँदो वर्षमा निर्माण सम्पन्न गरिने पालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले रानीमहललाई जानकारी दिनुभयो । भवन निर्माणको लागि वडा नं. ४ का लालबहादुर दर्लामी तथा वडा नं. ५ का प्रेम श्रेष्ठ, विष्णु थापा र वडा अध्यक्ष लालबहादुर दर्लामीले जग्गा प्रदान गर्नुभएको थियो । उहाँहरुलाई अध्यक्ष घर्तीले धन्यवाद समेत व्यक्त गर्नुभयो । गाउँपालिकाले यसै वर्ष दोभानमा बहुउद्देश्यीय कार्यालय भवन, वडा नं. ३ र २ को वडा कार्यालय आ.व. २०७७।०७८ बाट सुरु हुने अध्यक्ष घर्तीले बताउनुभयो । ६ वटा वडा रहेको तिनाउँमा भवन नएका वडा र स्वास्थ्य चौकीहरुको भवन निर्माणलाई तीव्रता दिएको छ । यस्तै सडक, सिंचाई, खानेपानी, आर्थिक विकास लगाएततका काममा समेत निरन्तर काम गरिएको प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले रानीमहललाई बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा प्रवक्ता राजेश श्रेष्ठ उपाध्यक्ष दमयन्ती थापा वडा अध्यक्ष र स्थानीयकाे सहभागिता रहेकाे थियाे ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update