Erani Mahal
पाल्पाका दश वटै स्थानीय तहले आइसोलेसन कक्ष बनाउनुपर्ने निर्णय !
eee
पाल्पा – जिल्लास्थित विभिन्न सरोकारवाला निकायको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न विभिन्न ६ वटा निर्णय गरेको छ । बिहीबार जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख मिरा मरासिनीको अध्यक्षतामा बसेको बैठकले तानसेनको बतासेडाँडामा संचालनमा रहेको होल्डिङ् क्वारेन्टाइनका विषयमा छलफल गरेको छ । उक्त बैठकले होल्डिङ् क्वारेन्टाइन संचालनका लागि जिल्लाका सबै स्थानीय तहले १/१ लाख तानसेन नपाको खातामा रकम संकलन गर्ने निर्णय गरेपनि हालसम्म केही स्थानीय तहले रकम संकलन नगरेकाले तुरुन्तै रकम पठाउने निर्णय गरेको छ । यस्तै यसअघि हरेक स्थानीय तहमा आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय भएपनि कार्यान्वयन नगरेका स्थानीय तहले दुई दिनभित्र आइसोलेसन कक्ष बनाउने निर्णय गरेको छ । बैठकले तानसेन नगरपालिका, रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, निस्दी, तिनाउ, रम्भा, माथागढी र पूर्वखोला गाउँपालिका सहित रामपुर नगरपालिकाले २ दिनभित्र आइसोलेसन कक्ष तयार गर्ने निर्णय गरेको हो । [caption id="attachment_9656" align="alignnone" width="1000"] सांकेतिक तस्विर : गुगल ।[/caption] पालिकाभित्र क्वारेन्टाइनमा रहेका मानिसमा कोरोना भाइरस संक्रमण देखिए तत्काल स्थानीय तहले निर्माण गरेको आइसोलेसन कक्षमा संक्रमितलाई राख्ने निर्णय समेत भएको छ । संक्रमितलाई थप स्वास्थ्य समस्या देखिए जिल्लास्थित अस्पतालमा रिफर गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसबाट मृत्यु भएमा त्यस शबको व्यवस्थापन जिल्ला प्रशासनले गर्ने, विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका मानिसलाई काउन्सिलिङ् गर्न र अनुगमन गर्न सम्बन्धित विद्यालयका शिक्षकलाई खटाउने, वडामा क्वारेन्टाइनको व्यवस्थापन गर्न वडा अध्यक्षको नेतृत्वमा सर्बपक्षीय समिति बनाउने निर्णय भएको छ । बैठकमा पाल्पाका स्थानीय तहका प्रमुख, प्रदेश सभाका माननीय, सरकारी कार्यालयका प्रमुख, अस्पतालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update