Erani Mahal
कोभिड–१९ रोकथाममा विश्वमै सफल मानिएका मोडेलहरु र यसबाट नेपालले सिक्नुपर्ने पाठहरु
Swasthe
निलम अधिकारी सन् २०१९ को डिसेम्बरमा चिनको उहानबाट फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरस हालसम्म विश्वका २१६ देशहरुमा फैलिसक्दा यसले ३ लाख ५० हजार भन्दा बढिको ज्यान लिई सकेको बिश्व स्वास्थ्य संगठनको तत्थ्याङ्कले पुष्टि गर्दछ । संयुक्त राष्ट्रसंघका माहासचिब एनटोनियो गुटरेर्जले अहिलेको कोरोना भाइरस प्यानडेमिक लाई दोस्रो विश्युद्ध यताकै विषम परिस्थितिको रुपमा चित्रण गर्दै गर्दा यसले विश्व जनस्वास्थयमा पारेको प्रभाबको आकलन गर्न सकिन्छ । यस्तै विश्व मुद्रा कोषले पनि हालको माहामारीले विश्व अर्थतन्त्रमा पार्ने नकारात्मक सूचकको प्रक्ष्यपणले पनि यस्को प्रभाबको आकलन गर्न सकिन्छ । यस बिपतको घडिलाइ बिभिन्न देशहरु जस्तै, चिन, दक्षिण कोरिया, सिङ्खापुर र भिएतनामले चमत्कारिक ढंगबाट बिपत्तिको ब्यवस्थापन गर्न सफल भएका छन् । हामी यिनै उदाहरणिय मोडेलका बारेमा चर्चा गर्नेछौ । केरला मोडेल छिमेकी राष्ट्र भारतमा कोरोनाको कहरमा पनि, केरला राज्यले आफुलाई कम केसलोड र उच्च रिकभरी (सन्चोहुने) दर भएको राज्यमा राख्न सफल भएको छ । यहां संक्रमित मध्य ०.५३ प्रतिसतको मात्र मृत्यु हुने गरेको छ र संक्रमण फैलिने दरमा पनि उल्लेखिय रुपमा घटाउन सफल भएको छ । उक्त सफलताको पछाडी राज्यले जनस्वस्थ्यलाई राखेको प्राथमिकता, अर्लि डिटेक्सन र कन्ट्रयाक ट्रेसिङ्खलाई बढिनै महत्व दिइएको पाइन्छ । साथै, यहाँ विश्व स्वस्थ्य संगठनको १४ दिने क्वारिनटिनको मापदण्ड भन्दा झन्डै दोब्बर अर्थात २८ दिन सम्म संक्रमित ब्यत्तिलाइ अरुको संपर्कमा आउनबाट रोक्ने गरिएको छ । केरलाले पहिलो केस पुष्टी भएको मिति जनावरी, १८ देखिनै बाहिरबाट आउने यात्रुहरुमा स्किृनिङ्ख गरी क्वारेनटिनमा राख्न सफल भएको पाइन्छ । यसका अलवा, केरलाले ४ फेव्रोेअरी देखिनै प्रादेशिक बिपत्तीको घोषणा गर्दै बन्दाबन्दिको सुरुवात गरेको थियो । केन्द्र सरकारले भन्दा पहिले देखिनै यस माहामारिलाई उच्च प्राथमिकतामा राख्दै, तीस हजार भन्दा बढी स्वास्थ्यकर्मि परिचालन गर्नुको साथै दश हजार भन्दा बढी संक्रमित आसंका गरिएका ब्यत्तिहरुलाइ पहिचान गर्दै क्वारिनटिनमा राख्न सफल भएको थियो । दक्षिण कोरियन मोडेल चिनमा माहामारी घोषणा भएसंगै फेब्रोेअरी २० सम्ममा दक्षिण कोरियामा ९०९ संक्रमितहरुको पहिचान भएको थियो । दक्षिण कोरियाले आफ्नो प्रथमिकता त्भकत, तचबअभ, ष्कयबितभ बलम तचभबत लाई राखेर माहामारी बिरुद्धको लडाईमा उत्रेको थियो । संक्रमित संका लागेका ब्यक्तिको पहिचान गर्ने, उनिहरुलाइ कडा अनुसासनमा क्वारेनटिनमा राख्ने, उपचारमा जोड दिने र सेल्फ क्वारेनटिनमा बस्नेलाई क्षतिपुर्तिको ब्यवस्था गर्ने जस्ता महत्वपुर्ण कार्यहरुको सुरुवात पनि संगै गरेको थियो । साथै, सुचना प्रविधिलाई उल्लेख्य प्रयोग गर्दै मोबाइल फोन मार्फत र्यापिड टेस्टीङ्ख र कन्ट्रयाक टे«सिङ्खमा पनि बिशेस ध्यान दिएको बिभिन्न अध्ययनहरुले देखाउछ । यसका अलवा मोबाइल फोन मार्फत आपतकालिन सूचना प्रेशण गर्ने, माहामारीको हट स्पोट पत्ता लगाउने, सरकारका आधिकारीक वेभसाइटबाट टेस्ट रिर्पोट पोजेटिभ भएकाहरुको सूचना प्रवाह गर्ने, आफ्नो देशमा भित्रिएका सबै ब्यक्तिहरुलाई १४ दिनको क्वारिनटिनमा बस्नै पर्र्र्ने बाध्यकारी ब्यवस्था र सबै सार्वजनिक स्थान तथा सवारी साधनमा फेस माक्स अनिवार्य लगाउनु पर्ने ब्यवस्थाले पनि संक्रमण दरमा कमि ल्याउन मद्धत पुगेको पाइन्छ । त्यस्तै, दुर दराजमा बिरामि भएका ब्यक्तिहरुलाई टेलिमेडिसिन सेवाको ब्यवस्था, स्वाब संकलन र टेस्टिङ्खको लागि इनोभेटिभ बुथको ब्यवस्था गरेको पाईन्छ । नेपालले अगाल्नुपर्ने सिमित स्रोत र साधनका बाबजुद पनि नेपालले माहामारी नियन्त्रणका लागि हाल सम्म गरेका कार्यहरु सह«ाहनिय नै मान्नु पर्छ । तर पनि, दैनिक बढ्दो संक्रमण दरले हाल सम्म गरिएका कामको गतिलाई भने बढाउनु पर्ने देखिन्छ । अर्थमन्त्रालय द्वारा हालै प्रस्तुत गरिएको २०७७÷७८ को बजेटमा माथि उल्लेख गरिएका जनस्वास्थ्यका संरचना÷प्रणाली निर्माणलाइ प्राथमिकता दिनु पर्नेमा एकोहोरो उपचारात्मक सेवालाई मात्र अगाल्नु भबिस्यका लागि घातक साबित हुन सक्ने उदाहरण बिश्वका राम्रा भौतिक पुर्वाधार भएका भनिएका देशहरुले अहिलेको माहामारी नियन्त्रण गर्न नसक्नुले प्रस्टै देखाउछ । साथै, हाल ब्यवस्था गरिएका क्वारिनटिनहरु जुन अधिकाम्स सरकारी बिद्यालयहरुमा निर्माण गरिएको छ, यस्ले पनि के देखाउछ भने हाम्रा अधिकाम्स शैक्षिक संथाहरुमा आधारभुत स्वास्थ्थ शिक्षाको मापदण्ड पुरा नभएको र भबिस्यमा आउन सक्ने यस्ता माहामारी/बिपत्तिहरुको सामना गर्न शिक्षा क्षेत्रमा आधारभुत स्वास्थ्य शिक्षा पुर्वाधारको खाचो औल्याउँदछ । माथागढी-३, सराई, पाल्पा
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update