Erani Mahal
मिसनअस्पतालको आइसोलेसनमा मृत्यु भएकाकाे शव चर्चरेमा व्यवस्थापन
misstion
पाल्पा- मिसनअस्पतालको आइसोलेसनमा मृत्यु भएका युवा शव चर्चरेमा व्यवस्थापन डुम्रे गाैडेपुल चर्चरेकाे वन क्षेत्रमा गरिएकाे छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । मृतककाे शव कोभिड १९ को शब व्यवस्थापन मापदण्ड अनुसार तानसेन ८ गाैडे चर्चरे क्षेत्रकाे सार्वजनिक खुला चाैरमा व्यवस्थापन गरिएकाे हाे । पूर्वखोला- २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन । स्मृति प्रतिस्थान बुटवलको शब बाहनमा राखेर जिल्ला सिसिएम सिकाे शव व्यवस्थापन टाेली र उनका आफन्तहरुकाे सहयाेगमा शव व्यवस्थापन गरिएकाे हाे ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update