Erani Mahal
निस्दी अर्चलेमा प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम सुरु
PP1
पाल्पा-निस्दी गाउँपालिका वडा नं-६,पाल्पाले पनि प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम सुरु गरेको छ । गत चैतमा बेरोजगारको फर्म भर्ने समय कोरोनाको जोखिममा जारी लकडाउनले निवेदन आह्वान हुन नसकेपछी गत बर्षकै फर्मलाई नै आधार मानी कार्यक्रम चलाएको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भएको छ । वडा नम्बर-६,अर्चलेले लेक डाँडा पोखरी निर्माणमा १३ जना र मोटरबाटो सुधारका लागि १३ जना युवाहरु गरि जम्मा २६ जनालाई परिचालन गरेको गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभएको छ । गाउँमा लकडाउनले काम गर्न नपाएका स्थानिय युवाहरुलाईलाई राहत मिलेको भन्दै स्थानीय धन बहादुर सुनारीले खुशी व्यक्त गरे । यस पटक अर्चलेले गत वर्ष लेकडाँडा कबुलियती वनमा लगाएको विरुवालाई राम्रो बनाउने उद्देश्यले पोखरी निर्माणकार्यलाई प्राथमिकता समेत दिएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update