Erani Mahal
सांसद पाण्डेयद्वारा  पाल्पामा कोरोना किट तत्काल उपलव्ध गराउन  स्वास्थ्य मन्त्रालयमा माग
101189852_537081446985229_7228900073403318272_n
पाल्पा । पाल्पा क्षेत्र नं. २ का सांसद सोम प्रसाद पाण्डेयले नेपाल सरकारलाई पाल्पा जिल्लामा तत्काल पिसिआर र आरडिटी किटको व्यवस्थापन गर्नको लागि माग गर्नुभएको छ । पाल्पामा भारत लगाएत तेस्रो मुलुकबाट आउने नागरिकहरुको संख्या बढ्दै गएपछि पाल्पामा परीक्षण किट अभाव हुन थालेको भन्दै सांसद पाण्डेयले स्वास्थ्य मन्त्रालय र सरकारका अन्य निकायसँग तत्काल किट उपलव्ध गराउन माग गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पाल्पामा कोरोनाको जोखिम बढ्न नदिनको लागि तत्काल पिसिआर किटको व्यवस्थापन गर्न माग गरेको रानीमहलसँगको कुराकानीमा बताउनुभयो । उहाँले यस अघिको सचिवको सरुवा भएको र नयाँ सचिव भएकाले जिल्लामा यस अघि माग गरिएको आइसोलेसन थप, कारोना अस्पतालको माग, पाल्पा अस्पतालको स्तरउन्नती लगाएतका विषयमा समेत छलफल गरेको रानीमहलसँगको कुराकानीमा बताउनुभयो । पाल्पामै पिसिआर परीक्षण हुने व्यवस्था लगाएतका विषयमा मन्त्रालयमा पहल यस्तै सांसद पाण्डेयले युनाइटेड मिसन अस्पतालको म्याद असारमा सकिने भएकोले त्यसको म्याद थप गर्न समेत मन्त्रालयलाई ध्यानाकर्षण गराउनुभयो । पाल्पामा अन्य स्वास्थ्य संस्थामा समेत आइसोलेशन बेड तयारी, पाल्पामै पिसिआर परीक्षण हुने व्यवस्था लगाएतका विषयमा मन्त्रालयमा पहल गर्नुभएको हो । यस अघि पाण्डेयले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई समेत भेटेर पाल्पामा कोरोना अस्पताल बनाउन पहल गर्नुभएको थियो, उहाँले पाल्पामा कोरोना अस्पताल निर्माण भए पाल्पा, गुल्मी, स्यांजा, अर्घाखाँची लगाएतका जिल्लाका नागरिकलाई परीक्षणको लागि समेत सहजता हुने भएकोले तत्काल त्यसको आवश्यकता भएको भन्दै मन्त्रालय र अन्य मन्त्रीहरुको समेत ध्इानाकर्षण गराएको पाण्डेले बताउनुभयो । पाण्डेले जिल्लाको विकासको लागि समेत बजेटमा समावेश गर्न यस अघि विभिन्न मन्त्रालयमा पहल गर्नुभएको थियो । साथै उहाँले भारतबाट नेपाल फर्किएका नागरिकलाई सहज रुपमा पाल्पा ल्याउन र क्वारेन्टाइनमा राख्न तथा तत्काल स्वास्थ्य परीक्षण गराउन समेत पहल गर्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update