Erani Mahal
नेपालमा थपिए एकैदिन २८८ जना : कोरोना संक्रमित दुई हजार ९९,  कुल मृत्यू  ८
Coronavirus-recession
काठमाडौं, नेपालमा मंगलबार २८८ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै ठूलो दैनिक वृद्धि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएकाे जानकारी अनुसार मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १ जना रहेका छन् । यस्तै बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिनुभयाे । योसँगै नेपालमा संक्रमित संख्या २०९९ पुगेको छ। तीमध्ये २६६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढेको प्रवक्ता देवकोटाले बताए। उहाँका अनुसार अहिले देशभरि १ लाख ४५ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा रहेको जानकारी दिनुभयाे ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update