Erani Mahal
पाल्पामा आईसोलेसनमा रहेका एक युवाको मृत्यु
isolation-ward
पाल्पा । जिल्ला सदरमुकाम तानसेनमा आईसोलेसनमा रहेका एक जना युवाकाे मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका १ का ४६ बर्षिय पुरुषकाे युनाइटेड मिसन अस्पतालमा रहेकाे आइसाेलेशनमा उपचारकाे क्रममा मृत्यू भएकाे हाे । उनलाई सास फेर्न कठिन भएको, सुख्खा खोकी र रगत देखिएकोले कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका कारण स्वाव परीक्षणका लागि भैरहवा पठाइएकाे मिशन अस्पतालका प्रशासकिय प्रमुख जीवन भट्टराईले बताउनुभयाे । [caption id="attachment_10492" align="alignnone" width="753"] समाचार प्रतिनिधि तस्विर गुगल [/caption] भट्टराइका अनुसार स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना सक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि हुन सकेको छैन् । उनी जल्पाको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । मृतककाे स्वास्थ्य अवस्था विग्रदै गएपछि हिजो सोमवार मात्र उनलाई मिसन अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । भारतको मुम्वईबाट घर आएका उनी १८ गते क्वारेन्टाइनमा बसेका थिए । उनकाे स्वाव संकलन गरी परीक्षणको लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाएको र मृत्यु पछि पुन स्वाव संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा हाल सम्म ५ जना व्यक्तिमा कोरोना सक्रमण देखिएको छ । पाल्पामा रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा २ जना र माथागढी गाउँपालिकामा १ जना लाई कोरोना सक्रमण देखिएको हो । माथागढीका कोरोना सक्रमितको कन्ट्रयाक ट्रेसिङ्ग गरी २३ जनाको स्वाव संकलन गरी परीक्षणको लागि पठाईएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update