Erani Mahal
रामपुर ५ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु
f
पाल्पा- रामपुर नगरपालिका वडा नं ५ ले पनि प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम सुरु गरेको छ । वडा नम्बर ६ बाट नगरमा शुरु भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम वडा नम्बर ८ ले पनि शुरु गरिसकेको छ भने अन्य वडाले सामान जुटाउदै र व्यबस्था मिलाउदैछ । गत चैतमा बेरोजगारको फर्म भर्ने समय कोरोनाको जोखिममा जारी लकडाउनले निवेदन आह्वान हुन नसकेपछी गत बर्षकै युवाको समन्वयमा बाटो मर्मतको काम थालिएको नगरपालिकाले जनाएको छ । सोमवार रामपुर नगरपालिका ५ को स्यानिटारी क्षेत्रमा शुरु गरेको हो । बिशेषगरी सडक निर्माणको काममा प्राथमिकता दिदै युवालाई कोरोनाको कहरमा रोजगार दिने गरि कार्यक्रम थालिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले बताउनुभयो । गाउमा लकडाउनले काम गर्न नपाएर बसेका स्थानियलाई राहत मिलेको छ आचार्यले थप्नुभयो । बेरोजगार युवालाई रोजगार दिन नगरले यो कार्यक्रम संचालन गरिएको प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम संयोजक निरज पोखरेलले बताउनुभयो। यो कार्यक्रमलाई रामपुर नगरपालिकामा ५७ लाख रकम आएको छ पोखरेलले भन्नुभयो- "यस रकमबाट १० वटै वडामा १/२ वटा योजनामा काम सम्पन्न गर्ने गरि अगाडि बढेका छौ" । लकडाउनले यो वर्ष निवेदन खुलाउन सकिने अबस्था रहेन गतवर्ष आवेदन दिएका युवालाई नै छनौट गरी काममा लगाइएको हो-उहाँले भन्नुभयो । नगरका १० वटै वडामा योजना सुचारु हुनेछ । जहाँ योजना हेरेर २५ देखि ३० जना युवा परिचालन गरिनेछ । वडा नम्बर ५ ले वडाका २९ जना युवा छनौट गरी गौकटुवा देखि स्यानीटारी हुदै गौडान जोड्ने सडकको स्तरोन्नती गर्न लागेको वडा अध्यक्ष हिमाल मल्लले जानकारी दिनुभयो । नगरले वडामा ४ लाख रकम विनियोजन भएको छ । योजना हेरेर आवश्यकता अनुसार रकम थप गर्न सकिने नगरपालिकाले जनाएको छ । वडामा पुनः प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुरु भएर लकडाउनको चपेटामा पनि बेरोजगार युवाहरुले काम पाउँदा खुशी भएको वडा नम्बर ५ का सदस्य साबित्रा गौतमले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update