Erani Mahal
तानसेनको नारायणस्थान पोखरीमा भेटियो २ सय वर्ष पुरानाे ऐतिहासिक वस्तु
tamns
पाल्पा । तानसेनको अमरनारायण मन्दीर परिसरमा रहेको पोखरीमा २ सय वर्ष पुरानो ऐतिहासिक वस्तु फेला परेको छ । ऐतिहासिक धार्मिक स्थल नारायणस्थान मन्दिर अगाडि रहेको ठूलो पोखरीमा २ सय १४ बर्ष पुरानो तामाधातुबाट बनेको पुरातात्विक मोटो पाईप भेटिएको हो । पोखरी मर्मत गर्ने क्रममा एक मिटर लामो, दश इन्च मोटो तामाको ह्वाम पाईप फेला परेको हो, पोखरी पुर्न निर्माण उपभोक्ता समितिका अध्यक्ष विनायक महर्जनले भन्नुभया,े पाईप पोखरी निर्माणका क्रममा विक्रम सम्वत १८६३ मा पानी निकासका लागि पोखरीको पिदमा राखिएको हुन सक्ने अनुमान गरिएको छ । तानसेन नगरपालिकाको लगानीमा ऐतिहासिक ठूलो पोखरी मर्मत तथा एक सय आठ धारा निर्माण गर्ने क्रममा पानी खाली गरेर उत्खनन गर्दै गर्दा सो धातुको ऐतिहासिक पाईप फेला परेको अमर नारायण ठूलो पोखरी १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष विनायक मर्हजनले बताउनुभयो । मर्हजनका अनुसार फेला परेको पुरातात्विक तामाको मोटो पाईपलाई सम्बन्धित वडामा वुझाई वडाअध्यक्षबाट पाल्पा दरवार संग्रहालयलाई हस्तान्तरण गरिने छ । उपभोक्ता समिति मार्फत निर्माण भई रहेको पोखरीको पिद्मा उत्खनन गरी रहेको वेलामा पोखरीको किनारबाट पानी निकासका लागि गाडिएको तामाको पाईप फेला परे पछि उपभोक्ता समिति र मन्दिर व्यवस्थापन समितिलाई खवर गरेको निर्माण व्यवसायी मनिष उदयले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तामाको पाईप धेरै तलसम्म गाडिएको छ, वाहिर निस्केको एक मिटर लामो पाईप खन्ने क्रममा निस्किएको र अरु सबै त्यही भित्र दवेको अवस्थामा छ ।’ पाल्पा राज्यमा सेनवंशको पतन पछि, काजी अमर सिंह थापाले विक्रम सम्वत १८६३ मा भगवान नारायणको मन्दिर र पोखरी निर्माण गरेका थिए । ऐतिहासिक कला, कौशलले भरपुर अमर नारायण मन्दिरको केही वर्षयता पुर्न निर्माण भइरहेको छ तर निर्माण सम्पन्न गर्नुपर्ने समय वितेको धेरै हुँदा समेत अलपत्र अवस्थामा रहेको छ । अहिले स्थानीय युवा क्लवको सक्रियतामा पोखरीको संरक्षणमा युवाहरु जुटेका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update