Erani Mahal
मगर संघ पाल्पाद्वारा कोरोना राहत कोषमा सहयोग
magar
अमित रास्कोटी मगर पाल्पा । नेपाल मगर संघ जिल्ला समन्वय समिति पाल्पाद्वारा तानसेन नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस (कोभीड-१९) रोकथाम तथा उपचार राहत कोषको लागि आर्थिक सहयोग रकम प्रदान गरेको छ । मगर आदिवासी जनजाती लगाएत सम्पुर्ण नेपाली उत्पीडित वर्गको न्याय र समानताको लागि निरन्तर सामाजिक अभियानमा लागिरहेको नेपाल मगर संघले यो अहिलेको विषम परिस्थितिमा नगरपालिकालाई सहयोग गरेको हो । भाइरसका कारण बिश्व नै धराशयी भैरहेको बेलामा मगर संघले पनि सरकारसंग एैक्यवद्धता जनाउदै यो बिपदलाई सबै मिलि सामना गर्नको लागि तानसेन नगरपालिकाको राहत कोषमा सहयोग गरेको मगर संघ पाल्पाका अध्यक्ष तेज घर्ती मगरले बताउनुभयो । सहयोग रकम ग्रहण गर्दै नगरपालिका प्रमुख अशोक कुमार शाहीले यो संकटको बेला गरेको सहयोग को निम्ति धन्यवाद व्यक्त गर्दै यो सहयोग रकम कोरोनाको कारण समस्यामा परेका पीडितका लागि सहि ठाउँमा प्रयोग हुने र संक्रमण झन बढदै गएकोले सबैले सुरक्षा अपनाउदै सुरक्षित घरमै बस्नुहुन पनि अनुरोध गर्नुभयो । सहयोग रकम मगर संघ सम्बद्ध संघ संस्थाहरु नेपाल मगर महिला संघ ,नेपाल मगर विद्यार्थी संघ ,नेपाल मगर सास्कृतिक संघ ,मगर संघ तानसेन नगर समिति नेपाल आदिवासी जनाजाती महासंघ लगाएत सम्पुर्ण मगर अगुवा ,अभियान्ताले संयुक्त रुपमा जम्मा गरि सहयोग गरिएको संघका उपाध्यक्ष तथा सहयोग संकलन संयोजक शान्ति झेंडी मगरले बताउनुभयो । पाल्पा जिल्ला भित्र कृयाशिल सम्पुर्ण स्थानीय स्तरको मगर संघको अगुवाइ र नेपाल मगर संघ जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा यो सहयोग रकम उठाउने क्रम रहेको र यो बिपद को परिस्थितिलाई सबै मिलि सामना गर्न को निम्ति जिल्ला भित्र का दश वटै स्थानीय सरकारको कोरोना उपचार कोष मा रकम सहयोग गरि सरकार संगै हातेमालो गर्दै यो समस्या सङ्ग मगर संघ पनि जुधिरहेको मगर संघ पाल्पाका सचिब नरेन्द्र सिंजाली मगर ले बताउनुभयो । सहयोग रकम जिल्लाको दश वटै स्थानीय तहलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत आज भने तानसेन नगरपालिका लाई पन्ध्र हजार रुपैया मात्र सहयोग हस्तान्तरण गरेको संघका कोषाध्यक्ष साबित्रा राना मगरले जानकरी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update