Erani Mahal
भारतबाट पाल्पा फर्किएकामध्ये २३५ जनाकाे पीसीआर गर्दा ५ जना संक्रमित
eee
पाल्पा – पाल्पाबाट हालसम्म कोरोना संक्रमण पत्ता लगाउन २७७ जनाको पीसीआर गरिएको छ । पीसीआर गरिएकामध्ये ५ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ भने बाँकी २७२ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यसमध्ये २३५ जना भारतबाट फर्किएकाहरूकाे पीसीआर परीक्षण गरिएकाे छ । हालसालै भारतबाट १६०३ जना फर्किएका छन् । भारतबाट फर्किएकामध्ये ५ जनामा काेराेना संक्रमण देखिएकाे हाे । कोरोना संक्रमित भएका रैनादेवी छहराका २ जना ३८ र ४० वर्षका पुरुष हुन् । यस्तै माथागढीका १९ वर्षका युवा पनि कोरोना संक्रमित छन् । यस्तै सोमबार आएको पीसीआर रिपोर्टका आधारमा पाल्पा निस्दी गाउँपालिका वडा नं. २ का ३६ र १७ वर्षका पुरुष कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । [caption id="attachment_9656" align="alignnone" width="1000"] सांकेतिक तस्विर : गुगल ।[/caption] आइतबार कोरोना संक्रमित भएका तीन जना पुरुषलाई तानसेन मिसनस्थित बृद्धाश्रममा बनेको आइसोलेसन वार्डमा राखिएको छ । उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमितसँग आएका र सम्पर्क भएका मानिसहरुको खोजी कार्य भईरहेको छ । उनीहरुको पनि पीसीआर गर्ने तयारी भईरहेको छ । स्थानीय तहले संक्रमितसँग सम्पर्क भएका मानिसको खोजी गरिरहेको छ । पाल्पामा हाल कोरोनाको परीक्षणका लागि दुई सय कीट छ भने ६ सय आरडिटी गर्न सकिनेछ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update