Erani Mahal
भारतबाट फर्किएका १ हजार ६ सय बढी पाल्पाकाे क्वारेन्टाइनमा
nisdi
पाल्पा – हालसालै भारतबाट फर्किएका १ हजार ६०३ जनालाई पाल्पाको विभिन्न क्वारेन्टाइनमा राखिएको छ । भारतको विभिन्न स्थानबाट सुनौली नाका हुँदै पाल्पा आएका १ हजार ६०३ जनालाई क्वारेन्टाइनमा राखिएको हो । भारतबाट पाल्पा घर फर्किएकाहरुबाट कोरोना संक्रमण फैलन सक्ने भन्दै क्वारेन्टाइनमा राखिएको हो । जिल्लाका दश स्थानीय तहले तयार गरेका २ हजार बढी बेड संख्याको क्वारेन्टाइन बनाएका छन् । पछिल्लो दुई सातायता भारतबाट नेपाल फर्कने बढेपछि क्वारेन्टाइनको संख्यामा समेत बृद्धि गरिएको हो । भारतबाट पाल्पा फर्कनेमा निस्दी, रैनादेवी छहरामा सबैभन्दा धेरै छन् । यस्तै पूर्वखोला, रामपुर, माथागढी, तानसेन, रिब्दीकोट, बगनासकाली, तिनाउ, रम्भा पनि भारतबाट फर्कने छन् । भारतबाट फर्किएका मानिसमा कोरोनाको संक्रमण हुने सम्भावना धेरै भएकाले उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र आरडिटी परीक्षण गरिनेछ । क्वारेन्टाइनमा बस्नेकाे १४ दिनपछि आरडिटी परीक्षणकाे क्रममा पाेजेटिभ देखिए पिसिआर गरेर काेराेना परीक्षण गरिने स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्याैपानेले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update