Erani Mahal
पाल्पामा थप दुइ जनामा काेराेना पुष्टि संक्रमित ५ जना पुगे
Coronavirus-recession
पाल्पा – पाल्पामा साेमवार थप दुइजनामा काराेना संक्रमण पुष्टि भएकाे छ । उनीहरु निस्दी गाउँपालिकाकाे रहेका छन् । यस अघि रैनादेवी छहराका दुई र माथागढी गाउँपालिकाका एक गरी तीन जनामा कोरोना संक्रमण पुष्टी भएकाे थियाे पाल्पामा कुल ५ जनामा काेराेना पाेजेटिभ भेटिएकाे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । उनीहरु सबै एक साताअघि भारतबाट आएको खुलेको छ । भारतबाट सुनौली नाका हुँदै जेठ ११ गते संक्रमित व्यक्तिहरू पाल्पा आएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । संक्रमित व्यक्तिहरू तीनै जना पुरुष रहेका छन् । रैनादेवी छहराका ३८ र ४० वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । यस्तै माथागढी गाउँपालिका स्थायी घर भएका संक्रमित पुरुष १८ वर्षका रहेको उहाँले जानकारी दिनुभयाे । संक्रमित तीनै जना भारतबाट फर्किएपछि गाउँपालिकाले बनाएको क्वारेन्टाइनमै रहेका छन् । संक्रमित दुइजनालाई तानसेनस्थित मिसन अस्पताल नजिकै रहेको बृद्धाश्रममा तयार गरिएको आइसोलेनमा राखिएकाे छ भने अरुलाइ ल्याउने तयारी गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update