Erani Mahal
लकडाउन ३२ गतेसम्म लम्बियाे, जनजीवन कष्टकर बन्दै
luck
काठमाडाैं । चैतको ११ गतेदेखि सुरु गरिएको लकडाउन शृङ्खलाबद्द रुपमा बढिरहेको छ । सरकारले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हाे । गत चैत ११ गतेदेखि गरेको लकडाउन पछिल्लाे पटक जेठ २० गतेसम्म गर्ने सरकारकाे निर्णय थियाे । शनिवारकाे मन्त्रीपरिषद् बैठकले थप १२ दिन लकडाउन गर्ने निर्णय गरेकेा हाे। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे । यस्तै अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । साथै बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ । पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । यसरी लकडाउन लम्बिरहदा शिक्षा उद्याेग कलकारखाना राेजगारी बन्द हुँदा जनताले भने त्यसको विकल्प खोज्न अपिल गरेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update