Erani Mahal
निस्दी गाउँपालिकाले भारतबाट आएका थप ३३ जनालाई उद्दार
pp
पाल्पा । निस्दी गाउँपालिकाले भारतबाट आएका थप ३३ जनालाई उद्दार गरेको छ। सुनौली नाकाबाट नेपाल भित्रिएका उनीहरुलाई पाल्पा जिल्ला सदरमुकाम तानसेन स्थित होल्डिङ क्वारेन्टाइन १ दिन राखेर शुक्रबार निस्दीमा ल्याएको हो। झिरुबासका २२ जना , सहलकोटका १० जना र गल्धाका १ जना गरी कुल ३३ जनालाई लक्ष्मी मावि झिरुबासको क्वारेन्टाइनमा राखेको निस्दी गाउँपालिका वडा नम्बर ३ झिरुबासका वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले जानकारी दिनुभयो। यश अघि निस्दीले भारतबाट आएका ४६ जनालाई उद्दार गरिसकेको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update