Erani Mahal
पूर्वखोला गाउँ पालिकापाल्पाले लकडाउनमा भारतको रहेकालाइ उद्धार
Korentine
पाल्पा । पूर्वखोला गाउँपालिका पाल्पाले लकडाउनमा भारतको रहेका नागरिक हरुलाइ उद्धार कार्य जारी रहेको छ । पालिकाले सुनौली नाकाबाट डाइरेक्ट र पाल्पाको होल्डिङ कोरन्टाइनको माध्यमबाट जिल्लाको संगको सहकार्यमा पालिकाले भारमा रहेका नगरिक हरुलाइ उद्धार कार्य जारी राखेको गाउपालिका अध्यक्ष नुन बाहादुर थापाले जानकारी गराउनु भयो । गाउपालिकाले पालिका भरी ५०० क्वरन्टाइन निर्माण गरेको छ । अहिले पालिका भरिमा जम्मा ७५ जना क्वारन्टाइनमा राखिएको छ । ८५ जना लाइ सुनौली नाकाबाट शनिवार उद्धार गरिदै छ यो संगै पूर्वखोला पालिका भरी जम्मा १६० को उद्धार गरिने गाउपालिका प्रवक्ता तथा वडा न २ का वडा अध्यक्ष निर बहादुर सारुले जानकारी गराउनु भयो पालिकाले एउटा बस बाट उद्धार गरिरेको छ र थप बलेरो जिप समेत प्रयोग गरेर उद्धार गर्ने प्रवकता सारुले बताउनु भयो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर पछाइले गाउँपालिकाले स्वास्थ्य कर्मचारी , जन प्रतिनिधी , महिला स्वास्थ्य संयमसेविका , पालिका कर्मचारी कोरोना उपलाइ १लाख बराबरको कोरोना विमा गर्ने निर्णय गरेको जानाकारी गराउनु भयो । भारतबाट ठुलो संख्यामा नेपाली हरु भित्रीय पछि भने स्थानीय तहमा रहेका नागरिक अरुलाइ डर पैदा हुने बारेमा सबैलाइ जानकारी गराउदै क्वारन्टाइनमा रहेको बिशेस निगरानिमा रहेको वडा न ६ का वडा अध्यक्ष मन बहादुर सारुले त्रसित नहुन समेत आग्रह गर्नु भयो । क्वारेन्टाइनमा रहने हरुको दैनिकी स्वास्थ्य,जाछ गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकाले जानकारी गराउनु भयो उहा हरुलाइ १५ दिन सम्म क्वारटाइन मा राखेने संयोजक ढकालले वताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update