Erani Mahal
काेराेना संक्रमितकाे संख्या १ हजार बढी, पाँचकाे मृत्यु
Coronavirus-recession
काठमाडाैँ - नेपालमा १५६ कोरोनाभाइरस सङ्क्रमित थपिएको र थप एक जनाको मृत्यु भएको बिहीवार पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १,०४२ पुगेको जानकारी दिनुभएकाे छ । यो एकै दिन बढेको सर्वाधिक सङ्ख्या हो । कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या अब पाँच पुगेको छ। अहिले पुष्टि भएका व्यक्ति ललितपुरका ५६ वर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ। बुधवार ११४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म निको हुनेको सङ्ख्या १८७ छ। वीरगन्जस्थित नारायणी अस्पतालबाट चार जना बिदा भएपछि भाइरसमुक्त हुने सङक्रमितको सङ्ख्या बढेको हो। डा. देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति फेला परेको जिल्लाको सङ्ख्या ५१ पुगेको छ । अहिलेसम्म प्रदेश नं १ र २ का आठ-आठ, वाग्मती प्रदेशका १२, गण्डकी प्रदेशका चार, प्रदेश नं ५ का नौ, कर्णाली प्रदेश ३ र सुदूरपश्चिम प्रदेशका सातवटा जिल्लामा सङ्क्रमित फेला परेका छन्।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update