Erani Mahal
जाजरकोट घटनाको छानविन गर्न पाल्पाका दलित समुदायको ध्यानाकर्षण
1
पाल्पा– अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा भएको हत्याको निष्पक्ष छानविन गर्न पाल्पाका दलित अधिकारकर्मीहरुले माग गरेका छन् । विहिवार पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले यस्तो घटना नदोर्याउन सम्बन्धित निकायहरुमा माग गरेका छन् । जाजरकोट भेरी नगरपालिका ४ का नवराज विक र रुकुम चौरहजारी ४ की युवती शुष्मा मल्ल वीचको प्रेम सम्बन्धको घटनालाई लिएर जातीय विभेद र हत्या भएको भन्दै उनीहरुले निष्पक्ष छानविन र दोषीलाई कडा कारवाहीको माग गरेका छन् । जिल्लाका १९ वडा अधिकारवादी संघ संस्थाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृहमन्त्री, मुख्यमन्त्रीको कार्यालय ५ नं. र कर्णाली प्रदेश, जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई समेत बोधार्थ पठाइएको छ । ध्यानाकर्षण पत्र बुझ्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले सम्बन्धित स्थानमा आफूले जानकारी गराउने र यस विषयमा आफ्नो समेत गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update