Erani Mahal
नेपालमा  कोरोना संक्रमणबाट निको भएर १ सय ८३ जना घर फर्किए
Coronavirus-
पाल्पा । नेपालमा अहिलेसम्म कोरोना रोगको संक्रमणबाट निको भएर १ सय ८३ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न स्थानमा २ वर्षको बच्चा देखि ८६ वर्षका वृद्धासम्मले कोरोना भाइरस जितेर घर फर्किएका हुन् । पछिल्लो अपडेट अनुसार नेपाल कोरोना संक्रमणको संख्या ८८६ पुगेको छ भने निको भएर घर जानेहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । अहिलेसम्म नेपालमा ४ जना कोरोनाको कारण मृत्यू भएको छ भने उनीहरुलाई समेत अन्य रोग समेत रहेकाले कोरोनाले ग्रसित बनाएको थियो । लकडाउनको सहि रुपमा सदुपयोग र मनोवल उच्च राख्नेहो भने कोरोना संक्रमणबाट जोगिन सकिने मन्त्रालयले जनाएको छ । साथै स्वास्थ्य व्यवहार र सामाजिक दुरी कायम पनि काेराेना नियन्त्रणका लागि अर्काे उपाय रहेकाे छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update