Erani Mahal
निस्दी गाउँपालिकाले  भारतबाट आएका २४ जनालाई उद्दार
NISDI
पाल्पा- निस्दी गाउँपालिकाले पुनः भारतबाट आएका २४ जनालाई उद्दार गरेको छ। नेपालको सुनौली नाका र नेपालगन्ज नाकामा अलपत्र अवस्थामा रहेका लाई पाल्पा जिल्लाले उद्दार गरेर १ दिन तानसेन स्थित होल्डिङ क्वारेन्टाइनमा राखेर मंगलबार बेलुकी निस्दीमा ल्याएको हो। तानसेनबाट बसको व्यवस्था गरि ल्याएका सबैलाई सरस्वती मावि निस्दी ५ गल्धाको क्वारेन्टाइन राखेको छ। वैदेशिक रोजगारीको सिलसिलामा भारतको विभिन्न ठाउँबाट फर्केका गल्धाका १४ जना , मित्यालका ४ जना , सहलकोटका ४ जना र अर्चलेका २ जना गरि कुल २४ जनालाई उद्दार गरेर क्वारेन्टाइनमा राखेको निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । यस अघि निस्दीले भारतबाटै आएका २२ जनालाई उद्दार गरेर पालिकाले तयार परेको क्वारेन्टाइनमा राखेको छ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update