Erani Mahal
निस्दीमा कुखुरामा लाग्ने रोग रानीखेत राेग विरुद्ध खोप
Ra
पाल्पा । निस्दी गाउँपालिका पाल्पामा कुखुरामा लाग्ने रोग रानीखेत विरुद्ध खोप लगाउने काम भइरहेको छ । गाउँपालिकाका ७ वटै वडामा रहेको घर-घर पुगेर रानीखेत विरुद्धको खोप अभियान चलाएको निस्दीका पशु संयोजक ओम बहादुर मश्राङ्गीले बताउनुभयो । रानीखेत रोग लग्दा कुखुरा झुक्याउने,पातलो दिशा अनि ज्वरो आउने मुख्य लक्षण रहेको पशु प्रविधिक मनविर नेपाली बताउनुभयो । गएको साल निस्दीको अर्चले लगायत विभिन्न गाउँहरुमा रानीखेत रोग लागे पछि कुखुरा सखापै भएको र यो साल यो खोप अभियानले त्यस्तो भोग्न नपर्नेमा कृषकहरु विश्वासता रहेका छन् । यसैबीच गाउँपालिकाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको कृषि शाखा प्रमुख खिमराज कोइरालाले बताउनुभएको छ । अनुदानमा वितरण गरिएको धानको जात भने सावित्री र राम धान रहेको कोइरालाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update