Erani Mahal
काेराेना भाइरस संक्रमण फैलन नदिन तानसेनले गरेका ४२ काम यस्ता छन् !
olk
पाल्पा – तानसेन नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न प्रमुख ४२ वटा कार्यहरु गरेको जनाएको छ । नगरपालिकाले कोरोना भाइरसबाट बच्न जनचेतनामुलक कार्यक्रम, क्वारेन्टाइन निर्माण, होल्डिङ् क्वारेन्टाइन निर्माणदेखि विद्यार्थी पढाउनेसम्मको प्रमुख ४२ वटा कामहरु गरेको जनाएको छ । नगरपालिकाका प्रमुख अशोककुमार शाहीले लकडाउनबाट प्रभावित परिवारलाई राहत वितरण, सहुलियत दरको खाद्यान्न वितरण, विदेशबाट फर्किएकाको घरघरमै स्वास्थ्य जाँच लगायतका काम भएको बताउनुभयो । कोरोना भाइरसको महामारी फैलन नदिन नगरपालिकाले विशेष सचेतता सहित विभिन्न कार्यहरु गर्दै आएको नगरप्रमुख शाहीको भनाई छ । तानपाले गरेका कार्यहरू :- Tansen Anti Covid Activities, Media 2077.2.11
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update